Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रधानमन्त्री कृषि परियोजनाप्रति किसानको बढ्दो आकर्षण

\"\"सप्तरी, ६ जेठ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले सप्तरीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमप्रति किसानको आकर्षण बढदै गएको छ । जिल्लामा २०७३ सालबाट सुरु भएको सो परियोजनाअन्तर्गत हालसम्म २१० भन्दा बढी फाइल तयार भइसकेको र यसका लागि समिति बनाउने कार्य अन्तिम चरणमा पुगेको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । विशेषगरी प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धिगर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने र बहुसरोकारवाला निकायहरुबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने लक्ष्य परियोजनाको छ । परियोजनाअन्तर्गत सप्तरीमा किसानलाई लक्षित गरी अभिमुखीकरण गोष्ठी, सूचीकृत कार्यक्रम, सूचनाप्रवाह तथा फिल्ड अनुगमन कार्य भइरहेका छन् । कृषि विकास कार्यालय सप्तरीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवकाअनुसार उक्त परियोजनाका लागि दुई करोड ५० लाख बजेट विनियोजन भएको छ । जसअन्तर्गत बल्क पोकेटक्षेत्र निर्धारण गरी व्यावसायिक कृषि क्षेत्रको विकासमा जोड दिएको छ । बल्क कार्यक्रमअन्तर्गत धान र तरकारी खेतीलाई छनोट गरिएको र सो कार्यक्रम सप्तरीको फत्तेपुर, औदरहा, कञ्चनपुर तथा तरकारीका लागि इटहरी विष्णपुर र कोबखारीलाई छनोट गरिएको बताइएको छ । त्यस्तै पोकेट कार्यक्रमका लागि ५५ वटा कार्यक्रम निर्धारण गरिएको छ । जसअन्तर्गत धान, माछा, च्याउलगायत विभिन्न कृषिबाली उत्पादन गरिने छ । पकेट कार्यक्रम सञ्चालनका लागि नौ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । समितिलाई बीउविजन, मलखाद, विषादी, बेर्ना, साना सिँचाइ कार्यक्रम, मेसिनरी औजार र थप रकम अनुदान दिनका लागि सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ । त्यस्तै आँप उत्पादनका लागि परियोजनाअन्तर्गत आँप उत्पादन जोन कार्यक्रम सुरु गरिएको छ । सप्तरीको कदमहामा सो जोन एकाइ कार्यक्रम सञ्चालन गरिएको छ । यसका लागि कार्यालयसमेत स्थापना भइसकेको र सो कार्यालयले आँप उत्पादनका लागि मधुपटी, मलहनीया, हरिपुरगरी तीन गाविसलाई छनोट गरिएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । यो परियोजना देशको सातवटै प्रदेशमा सुरु भइसकेको छ । सुरुमा परियोजनाका बारेमा बुझ्नका लागि किसानलाई समस्या परेको थियो तर अहिले आएर परियोजनाका सम्बन्धमा जानकारी प्राप्त भएपछि यसप्रति किसानको आकर्षण बढदै गएको वरिष्ठ कृषि विकास अधिकृत यादवले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending