Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

प्रेमीका निम्ति शाही हैसियत त्याग्दै राजकुमारी

\"\"काठमाडौं, ७ जेठ । जापानी राजकुमारी माकोले सर्वसाधारणलाई विवाह गरेर शाही हैसियत त्याग गर्ने भएकी छन् । सम्राट अकिहितोकी २५ वर्षीया जेठी नातिनीले सँगै अध्ययन गर्दा ताका भेटेकी २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्ने भएकी हुन् । हाल कोमुरो एकल फर्ममा काम गर्छन् । जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्छ । स्थानीय सञ्चारमाध्यमले पहिले खबर दिएको उक्त कदमले सानो बन्दै गएको त्यहाँको राजपरिवारबारे बहस हुने बताइन्छ । राजकुमारी माको र केइ कोमुरोको भेट सन् २०१२ ताका उनीहरुले टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटिमा पढ्दा ताका भएको थियो । विवाह योजनाबारे सोध्दा बुधबार कोमुरोले अहिले त्यसबारे आफूले टिप्पणी गर्न नमिल्ने बताए। म सही समयमा बोल्नेछु, उनले भने । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले सीएनएनसँग राजकुमारीको बिहेपूर्व इन्गेजमेन्टुको तयारीबारे योजना भइरहेको बताएको छ । हाल ८३ वर्ष पुगेका सम्राट अकिहितोले गत अगस्ट महिनामा अब आफ्नो उमेरले नियमित कार्यभार सम्हाल्न अप्ठ्यारो पर्न सक्ने भन्दै गद्दीत्यागको संकेत गरेका थिए । सम्राटलाई गद्दीत्याग गर्ने बाटो खोल्ने कानुनी परिमार्जनबारे हाल जापानमा समीक्षा भइरहेको छ । गत दुई शताब्दीयता कुनैपनि जापानी सम्राटले गद्दीत्याग गरेका छैनन् । त्यहाँको विद्यमान कानुनले त्यसो गर्न दिदैंन् । नयाँ कानुनले केवल पुरुष उत्तराधिकारको प्रावधान भने परिवर्तन नगर्ने ठानिएको छ । क्रिसान्थेमम राजसिंहासन भनिने जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छन् । अकिहितोका छोराहरु युवराज नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो । राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE