Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मच्छेगाउँ–चम्पादेवी नयाँ पदमार्ग सुरु

काठमाडौँ, चम्पादेवी क्षेत्रको पर्यटकीय विकासमा सहयोग पु¥याउने उद्देश्यले आजदेखि मच्छेगाउँ–चम्पादेवी नयाँ पदमार्गको शुभारम्भ भएको छ ।

पछिल्ला समयमा चम्पादेवी क्षेत्र पदयात्राका लागि महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुँदै गएकामा कीर्तिपुर क्षेत्र पर्यटन विकास समाज र चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको सक्रियतामा नयाँ पद मार्ग सुरु गरिएको छ ।

चम्पादेवीमा प्रत्येक वर्ष वैशाख १ गते लाग्ने मेलाको अवसर पारेर नयाँ पदमार्गको सुरुवात गरिएको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताए ।

काठमाडौँ दक्षिणभेगस्थित दुई हजार २५० मिटर अग्लो चम्पादेवी क्षेत्रमा पदयात्राका लागि काठमाडौँको फर्पिङ, कीर्तिपुरको पुष्पलालपार्क, चाल्नाखेलको वोसनबाट पदमार्ग यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

पदमार्गको शुभारम्भ गर्दै सभासद् राजन केसीले प्रचुर पर्यटकीय सम्भावनायुक्त चम्पादेवी प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि पदयात्रा, दृश्यावलोकन तथा प्राकृतिक सौन्दर्यको अनुभूत गर्न उक्त क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक भएको उनले बताए ।

चम्पादेवीमा मेला भर्न आज बिहानैदेखि त्यसतर्फ जानेको घुइँचो लागेको छ । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वा छ ।

चम्पादेवी मन्दिर निर्माणको शिलान्यास पनि आजै भएको छ । पुरातत्व विभागको सहयोगमा रु ४८ लाखको लागतमा गुम्बज शैलीको मन्दिर निर्माण गरिने अध्यक्ष तामाङले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies