Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

टोखाको सपन तीर्थमा बिस्केट जात्रा तथा मेला

काठमाडौँ, काठमाडौँको उत्तरी भेगमा पर्ने टोखाको प्रसिद्ध बिस्केट जात्रा आज सुरु भएको छ ।

प्रत्येक वर्ष वैशाख १ गतेदेखि चार दिनसम्म जारी रहने सो जात्रामा पञ्चबलि, विभिन्न देवदेवीका खटजात्रा तथा पूजा गरिन्छ ।

स्थानीय चण्डेश्वरीमा ध्वजापताकाले सजाएर आजै साँझ हाँस, बोका, राँगालगायतको बलि दिने प्रचलन छ ।

त्यसैगरी, स्थानीय बज्रयोगिनी, चण्डेश्वरीको विशेष पूजा गरिने यस जात्रामा जीवित देवी कुमारी, गणेश र नारायणको समेत पूजा र सिन्दूर जात्रा गरी भजन कीर्तनसमेत गरिन्छ तर यहाँको बिस्केट जात्रामा भने जिब्रो छेड्ने चलन छैन ।

यसैबीच, सोही स्थानमा सपन तीर्थ मेलाका लागि ‘सपन तीर्थ पोखरी’ मा आज रातिदेखि मेला लागेको छ । सो मेला भर्न भक्तजनको घुइँचो लागेको मेला व्यवस्थापन समितिका सदस्य देवराज डङ्गोलले जानकारी दिए । काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानबाट नयाँ वर्षको दिन उक्त स्थानमा मेला भर्न भक्तजन आउने गर्दछन् । मेला भर्न आउने भक्तजनले आजको दिन सो पोखरीमा स्नान गर्ने गर्दछन् ।

काठमाडौँबाट करिब १० किलोमिटर उत्तरी भेग तथा शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको पोखरीमा स्नान गर्नाले निःसन्तानलाई सन्तान हुने तथा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE