पेरिसडाँडा फर्कन सबैभन्दा हतारो त तिनलाई छ, जसले हिजो पार्टी फुटका बेला एमाओवादीलाई सबैभन्दा बढ्ता गाली गरे र गएको चुनावमा एमाओवादीलाई हराउन र खासगरी कीर्तिपुरबाट प्रचण्डलाई हराउन मरिमेटेर लागिपरे ।एमाओवादी त चलेकै संसदीय खेलोमा रोइकराई बरालिने देखिन्छ । कस्तो टिठलाग्दो नियति देखिन्छ भने साराका सारा उपलब्धिलाई निखारेर संसदीय यात्रामा पलायन हुँदा पनि एमाओवादीले बुर्जुवा संसदीय बेन्चमा समेत सजिलोगरी बस्ने ठाउँ पाउन सकेको छैन । त्यसको तोडमा मधेशका जमिनदार, सामन्त र हिजोका संसदीय खेलाडीहरुले मधेशमा थापेको धरापको भरोसा गरेर आन्दोलनमा निस्किए पनि सडकमा निख्लो यात्रा गरिरहेका छ । मानिसहरुले ऊप्रति भरोसा देखाउन सकेका छैनन् । अब एमाओवादीले केही समय संसदमा होहल्ला गर्ने र हुर्मत जोगाउन केही बुँदे अमूर्त सम्झौता गरेर सनातन संसदीय खेलोमा फर्कने अनि कांग्रेस–एमालेकै योजनामा तयार संविधानमा ल्याप्चे ठोकेर बस्ने ठोकुवा गर्नु हतारो हुने छैन । वैद्य माओवादीले विभिन्न सर्त र बौद्धिक विलासका तर्कहरु गरेर एमाओवादीसँग एकताको दही मथेर केही समय गुजार्ने छ । त्यसबाट नौनी ननिस्केपछि बितुरिएको मोही पिउन ऊ पेरिसडाँडा फर्कन्छ । पेरिसडाँडा फर्कन सबैभन्दा हतारो त तिनलाई छ, जसले हिजो पार्टी फुटका बेला एमाओवादीलाई सबैभन्दा बढ्ता गाली गरे र गएको चुनावमा एमाओवादीलाई हराउन र खासगरी कीर्तिपुरबाट प्रचण्डलाई हराउन मरिमेटेर लागिपरे । रामबहादुर थापा ‘बादल’, हितमान शाक्य, पम्फा भुसालहरु अहिले यो पंक्तिमा उभिएका छन् ।
विप्लवहरु जुनखाले सारसंग्रहवादी दस्तावेज बोकेर आन्दोलनको सम्मुखमा उभिएका छन्, त्यसले सुरुआतमै प्रश्न उब्जाएको छ– के विप्लव पनि आतुर छन् ‘नयाँ प्रचण्ड’ बन्न ?अब बाँकी सवाल छ, विप्लवले के गर्लान् ? अलिकति आशा त उनीप्रति अझै बाँकी राखेकै छन्, हिजो लडेखटेका कार्यकर्ताहरुले; चाहे ती ‘ए’ माओवादीमा होऊन् या ‘बी’ माओवादीमा । तर, विप्लवहरु जुनखाले सारसंग्रहवादी दस्तावेज बोकेर आन्दोलनको सम्मुखमा उभिएका छन्, त्यसले सुरुआतमै प्रश्न उब्जाएको छ– के विप्लव पनि आतुर छन् ‘नयाँ प्रचण्ड’ बन्न ? होइन भने उनको क्रान्ति सम्पन्न हुँदा बन्ने समाजवादी समाजको सपना के हो ? हिजोको जनयुद्धको उठान र बैठानप्रतिको समीक्षा के हो ? हिजो किन जितिएन र अब कसरी जितिन्छ ? विप्लव र उनको पार्टीले यी र यस्ता गम्भीर प्रश्नको मूर्त जवाफ दिन सकेको देखिँदैन । माओवादी नेताहरुले आजको दिनमा निकै गम्भीर भएर, आफैंलाई निखारेर पुनर्नवीकरण गर्ने फिनिक्सको उतारयात्राको अनुकरण गर्नु जरुरी छ नकि एउटा चतुर वैद्यको । नक्कली व्यापारको समय निख्रिएपछि ऊभन्दा थप चतुर उत्तराधिकारी नयाँ साइनबोर्ड थापेर पुरानै नक्कली व्यापारमा लागेको शैलीमा बोर्ड मात्रै फेरेर नयाँ ‘माओवादी पसल’ खोल्दैमा माओवादी आन्दोलनको रक्षा अब सम्भव छैन । प्रज्ञा भवनमा माओवादी आन्दोलन पुनर्गठनको गीत गाउन गएका हिजो ‘जीवन सुधारेका’ मानिसहरु हुन् । तिनका हिजोका कर्मप्रति बोध नगर्ने र खाली पुनर्गठनको कुरा मात्रै गर्ने तरिकाको निष्कर्ष निकाल्न सकिन्छ– उनीहरु मानिसहरुलाई फेरि पनि भ्रममा राख्न चाहन्छन् या त उनीहरु आ–आफ्नो पार्टीमा रहेका कार्यकर्तालाई विप्लवहरुले समात्न सक्ने बाटोतर्फ जान नदिई भुलभुलैयामा राख्न चाहन्छन् । प्रज्ञा भनवको प्रहसनमा देखिएको धमेन्द्र बास्तोलाहरुको ल्याङल्याङ चाहिँ फिटिक्कै बुझ्न सकिएको छैन ।
यति लेखिसकेपछि एक लाइन थपिहालुँ– यतिबेर विप्लवले पाएको पनि ‘दुविधाको सुविधा’ मात्रै हो । उनी आफैं फिनिक्स बनेर माओवादी आन्दोलन बचाउँछन् कि पुरानै वैद्यको चतुर नयाँ चेला मात्रै बनेर नयाँ साइनबोर्डमुनि पूर्वजकै ‘पुरानो पेशा’ चलाउँछन् ? त्यो भने समयकै गर्भमा छ ।यतिबेर विप्लवले पाएको पनि ‘दुविधाको सुविधा’ मात्रै हो । उनी आफैं फिनिक्स बनेर माओवादी आन्दोलन बचाउँछन् कि पुरानै वैद्यको चतुर नयाँ चेला मात्रै बनेर नयाँ साइनबोर्डमुनि पूर्वजकै ‘पुरानो पेशा’ चलाउँछन् ?
प्रतिकृया लेख्नुहोस्: