Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

'सिजनल फ्लु' बाट जाजरकोटमा थप चारको मृत्यु

\"Gajarkot\"जाजरको, जाजरकोटको दुर्गम गाविसमा फैलिएको \'सिजनल फ्लु\'बाट थप चार जनाले ज्यान गुमाएका छन् । आजसम्म गरी उक्त रोगबाट ज्यान जानेकाेको सँख्या १६ पुगेको छ । सरकारले रोग नियन्त्रणमा आएको बताइरहेको बेला जाजरकोटको एकै गाउँमा थप चार जनाको मृत्यु भएको हो । सोमबार राति एकजना र मंगलबार बिहान तीन जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा टाले गाउँ विकास समिति वडा नं १ की मैसरा सिँह, वडा नं ६ का हस्तबहादुर नेपाली र वडा नं ३ की माङली परियार र सेती कामी रहेको समाचार प्राप्त भएको छ ।तर जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले मृत्यु भएकाबारे जानकारी आई सके पनि पुष्टी हुन नसकेको बताए । उनले खबरडबलीसँग भने– ‘मृत्यु भएको बारे समाचार आएको छ तर त्यसको पुष्टी भैसकेको छैन् । हामीले त्यसतर्फ प्रहरी पठाएका छौं साँझसम्म जानकारी आउँछ ।’ गएको तीन हप्तादेखि जिल्लाको दुर्गम गाविस अर्छानी, पजारो, डाँडागाउँ, पैंक र सकला गाविसमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, हात झम्झमाउने तथा बान्ता हुने रोगले त्यहाँका स्थानियहरु पीडित बनेका छन् । केही समय अघि मात्र काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले रोग प्रभावित गाविसमा नमुना संकलन गरेपछि रोग सिजनल फ्लु भएको पुष्टी गरेको थियो । अहिले रोगले प्रभावित गाविसहरुमा नेपाली सेनाको टोली त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । अर्छानी गाविसकी सुस्मिता जैसीबाट फैलिएको रोगले सिङ्गो अर्छानी गाविस र त्यस वरपरका सकला, डाँडागाउँ, पैंक र पजारो गाविसका ११ जनाको यस अघि नै ज्यान लिइ सकेको छ । १६ जनाको ज्यान भएको पुष्टी प्रमु्ख जिल्ला अधिकारी बस्नेतले नै खबरडबलीलाई जनाएका थिए । जाजरकोट– २ बाट संविधानसभामा निर्वाचित नेपाली कांग्रेसका सभासद राजीवविक्रम शाहले आफूले लगातार प्रयत्न गर्दा समेत रोग समाधान गर्न नसकेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies