Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

'सिजनल फ्लु' बाट जाजरकोटमा थप चारको मृत्यु

\"Gajarkot\"जाजरको, जाजरकोटको दुर्गम गाविसमा फैलिएको \'सिजनल फ्लु\'बाट थप चार जनाले ज्यान गुमाएका छन् । आजसम्म गरी उक्त रोगबाट ज्यान जानेकाेको सँख्या १६ पुगेको छ । सरकारले रोग नियन्त्रणमा आएको बताइरहेको बेला जाजरकोटको एकै गाउँमा थप चार जनाको मृत्यु भएको हो । सोमबार राति एकजना र मंगलबार बिहान तीन जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा टाले गाउँ विकास समिति वडा नं १ की मैसरा सिँह, वडा नं ६ का हस्तबहादुर नेपाली र वडा नं ३ की माङली परियार र सेती कामी रहेको समाचार प्राप्त भएको छ ।तर जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले मृत्यु भएकाबारे जानकारी आई सके पनि पुष्टी हुन नसकेको बताए । उनले खबरडबलीसँग भने– ‘मृत्यु भएको बारे समाचार आएको छ तर त्यसको पुष्टी भैसकेको छैन् । हामीले त्यसतर्फ प्रहरी पठाएका छौं साँझसम्म जानकारी आउँछ ।’ गएको तीन हप्तादेखि जिल्लाको दुर्गम गाविस अर्छानी, पजारो, डाँडागाउँ, पैंक र सकला गाविसमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, हात झम्झमाउने तथा बान्ता हुने रोगले त्यहाँका स्थानियहरु पीडित बनेका छन् । केही समय अघि मात्र काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले रोग प्रभावित गाविसमा नमुना संकलन गरेपछि रोग सिजनल फ्लु भएको पुष्टी गरेको थियो । अहिले रोगले प्रभावित गाविसहरुमा नेपाली सेनाको टोली त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । अर्छानी गाविसकी सुस्मिता जैसीबाट फैलिएको रोगले सिङ्गो अर्छानी गाविस र त्यस वरपरका सकला, डाँडागाउँ, पैंक र पजारो गाविसका ११ जनाको यस अघि नै ज्यान लिइ सकेको छ । १६ जनाको ज्यान भएको पुष्टी प्रमु्ख जिल्ला अधिकारी बस्नेतले नै खबरडबलीलाई जनाएका थिए । जाजरकोट– २ बाट संविधानसभामा निर्वाचित नेपाली कांग्रेसका सभासद राजीवविक्रम शाहले आफूले लगातार प्रयत्न गर्दा समेत रोग समाधान गर्न नसकेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE