Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

व्यावसायिकरुपमा अलैँचीखेती

\"\"दार्खा (धादिङ), १७ जेठ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् । जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि अलैँचीखेती हुने भएपछि उत्तरी धादिङको झार्लाङ र रिकाका किसान यस खेतीको विस्तारमा लागेका छन् । केही वर्षअघि घर वरपर एक दुई बोट अलैँची लगाएका किसानले अहिले भिरालो र पानी भएको जमिनमा हजारौँ अलैँचीका बिरुवा लगाएका छन् । “एउटै किसानले १५÷२० रोपनीमा पाँच हजारसम्म बिरुवा लगाएका छन्,” झार्लाङका रामसिंह तामाङले भन्नुभयो । अलैँचीबाट अबको दुई वर्षमा नै उत्पादन लिन पाउने उहाँको भनाइ छ । यहाँका किसानले खेर गएको सयौँ रोपनी जमिनमा सामूहिक रुपमा अलैँचीखेती गरेका छन् । गत वर्ष लगाएको अलैँचीमा फूल लाग्न सुरु गरेको तामाङ बताउनुहुन्छ । अन्न बाली अत्यन्त कम उत्पादन हुने उत्तरी धादिङको झार्लाङ र रिमा भिरालो करिब ३०० रोपनी जमिनमा किसानले अलैँचीखेती गरेका छन् । “प्रत्येक परिवारले आफ्नो घरायसी प्रयोजनका लागि समेत धेरथोरै अलैँचीको बिरुवा लगाएका छन्,” तामाङले भन्नुभयो । यहाँका ३५ परिवार व्यावसायिक रुपमा अलैँचीखेतीमा संलग्न छन् । अलैँचीखेती प्रवद्र्धनका लागि किसानले जिल्ला कृषि विकास कार्यालयसँग प्राविधिक सहयोगका लागि माग गरेका छन् । सकारले ग्रामीण क्षेत्रका युवालाई नगदेबालीतर्फ आकर्षित गर्नसके रोजगारका लागि विदेश जानेको सङ्ख्यामा कमी आउने यहाँका किसान बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending