Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

मन्त्री रमेश लेखकको निर्देशन अवज्ञा

\"\"भक्तपुर, १८ जेठ । यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन ट्रायल सेन्टर सञ्चालनमा नल्याउँदा दैनिक सयौं सेवाग्राहीले सास्ती भोग्नु परेको छ । भक्तपुरसँगै उपत्यकालगायत पूर्वी जिल्लाका सेवाग्राहीलाई सहजरुपमा सवारी चालक अनुमतिपत्र लगायतका सेवा दिने उद्देश्यले स्थापना भई गत माघ २ गते यातायातमन्त्री रमेश लेखकले उद्घाटन गरेको कार्यालयले मन्त्रीको निर्देशनअनुसार काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नु परेको हो । उद्घाटनका क्रममा मन्त्री लेखकले भक्तपुरमा तत्कालै सवारी अनुमति प्रयोगात्मक परीक्षा अर्थात ट्रायल सेन्टर सञ्चालनमा ल्याउन कार्यालयलाई निर्देशन दिएको पाँच महिना बित्न लाग्दा पनि जिल्लामा ट्रायल सेन्टर सञ्चालनमा आएको छैन । कार्यालयका प्रमुख अनुज घिमिरेले भक्तपुरमा ट्रायल सेन्टर नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको स्वीकार्दै सर्वोच्च अदालतको आदेशका कारण निजी ट्रायल सेन्टरसँग सम्झौता गर्न नसकेको बताए । भक्तपुरमै ट्रायल सेन्टर सञ्चालनका लागि गत वैशाख ७ गते कार्यालयले ट्रायल सेन्टरको सञ्चालनका लागि बोलपत्र आह्वान गरेपनि सर्वोच्च अदालतको आदेशपछि कार्यान्वयन गर्न नसकेको उनको भनाइ थियो । भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राही आउने गरेपनि ट्रायल दिने स्थानको अभावले कार्यालयले एक सातामा दुई पाङ्ग्रेको ८५० र चारपाङ्ग्रेको २५० जनालाई मात्रै प्रयोगात्मक अर्थात् ट्रायल परीक्षामा सहभागी गराउँदै आएको कार्यालय प्रमुख घिमिरेले बताए । ट्रायलका लागि दिनभरिमा पनि पालो नआउँदा अर्को सातासम्म कुर्नुपर्ने समस्याले पनि सेवाग्राही हैरान छन् । एक सातासम्म आवेदन सङ्कलन गरेर शनिबार एक दिन मात्रै प्रयोगात्मक ट्रायल परीक्षा हुने गर्दा समस्या भएकाले भक्तपुरमै ट्रायल सेन्टर सञ्चालन गर्नसके सेवाग्राहीलाई जिल्लाबाटै सेवा दिन सकिने उनको भनाइ छ । कार्यालय प्रमुख घिमिरेले भने, “भक्तपुरमा ट्रायल सेन्टर नहुँदा सेवाग्राहीले मात्रै नभई कर्मचारी र सुरक्षाकर्मीले पनि सास्ती खेप्नु परेको छ, एक सातासम्म सेवाग्राहीको अनेकौँ प्रश्नको जवाफ दिँदादिँदा हामी हैरान हुन्छौँ ।” बिहान ५ बजेदेखि सेवाग्राही लाइनमा बस्ने गरेको र कर्मचारी बिहान ७ बजे नै आएर सेवाग्राहीलाई टोकन बाँड्ने गरेको बताउँदै उहाँले शनिबार एक दिन मात्रै काठमाडौंमा ट्रायल हुने भएकाले कर्मचारीले समेत बिदा नपाउने गरेको उनको गुनासो थियो । कार्यालयले सोमबार र बुधबार टोकन बाँड्ने तथा मङ्गलबार र शुक्रबार लिखित परीक्षा लिने गरेको छ भने सवारी चालक अनुमतिपत्रका लागि हरेक साता एक हजारभन्दा बढीले लिखित परीक्षा दिने गरेका छन् । सर्वोच्च अदालतले सेवाग्राहीबाट रकम उठाएर ट्रायल सेन्टर सञ्चालन नगर्न यातायात व्यवस्था विभागलाई अन्तरिम आदेश दिएपनि निःशुल्क ट्रायल सेन्टर पाइए सर्वोच्चको आदेशले नरोक्ने कार्यालयका एक कर्मचारीले दाबी गरे । ती कर्मचारीले भने, “सर्वोच्चको आदेशपछि पनि काठमाडौँको सानोभ¥याङ र चावहिलस्थित कार्यालयले ट्रायल सेन्टर भाडामा लिएर सञ्चालन गरिसकेको छ, भक्तपुरमा भने आर्थिक चलखेलका कारण सर्वोच्चको बहाना गर्दै विभागका महानिर्देशकको मौखिक आदेशले रोकिएको हो, महानिर्देशकले चाहेमा सञ्चालनमा आउँछ ।” गोरखापत्रमा प्रकाशित सूचनाका आधारमा ट्रायल सेन्टर सञ्चालनमा दिन तीनवटा आवेदन परेको र निःशुल्क ट्रायल सेन्टर दिनसमेत आएको अवस्थामा महानिर्देशककै आदेशले रोकिएको ती कर्मचारीको दाबी छ । यस बारेमा कार्यालय प्रमुख घिमिरेले विभागबाट निर्देशन आएकाले परेको आवेदन खोल्न नपाएको स्वीकारे । सेवाग्राहीले भने तत्काल भक्तपुरमै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन माग गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending