Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

विप्लवनिकट कर्मचारी भन्छन्– राष्ट्रघातीलाई कारबाही गर

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीनिकट राष्ट्रिय कर्मचारी महासंघले सबै क्रान्तिकारीहरु एकैठाउँ गोलबन्द हुनुपर्ने उल्लेख गदै राष्ट्रघाती कर्मचारीहरुमाथि कारबाहीको माग गरेको छ । राजधानीस्थित संवाद डबलीमा आयोजित अन्तर्क्रिया तथा नयाँ वर्ष– २०७२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष महादीप पोखरेलले सबैखाले क्रान्तिकारी तथा देशभक्त कर्मचारीहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताएका हुन् । विभिन्न टुक्रामा विभाजित माओवादीनिकट कर्मचारीहरु एक ठाउँमा गोलबन्द भई एउटै क्रान्तिकारी संगठनमा आबद्ध हुनुपर्ने पोखरेलले बताए । उनले राष्ट्रघाती सन्धि–सम्झौतामा सहमति गर्ने, डिभी तथा ग्रीनकार्ड होल्डर र विदेशी नागरिकता स्वीकार्ने कर्मचारीहरुलाई तत्काल कारबाही गर्न आक्रामक हुनुपर्ने बताए । इमानदार र क्रान्तिकारी कर्मचारीहरुले राष्ट्रघातीहरुलाई ठेगानमा ल्याउनका लागि क्रान्तिकारी कर्मचारी संगठनहरुबीच कम्तिमा पनि कार्यगत एकता तत्कालको आवश्यकता भएको उनले बताए । एमाओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघका संस्थापक नीलकण्ठ तिवारीले सुसंस्कृत र सभ्य भएर एकता गर्नुको विकल्प नरहेको बताए । वैद्य माओवादीनिकट राष्ट्रसेवक कर्मचारी संगठन, निजामति केन्द्रीय समितिका अध्यक्ष शरण गुरुङले ट्रेड युनियन अधिकार कुन्ठित गर्ने हर्कत तथा इमानदार र क्रान्तिकारीहरुमाथि भइरहेको चौतर्फी आक्रमण रोक्न सबै माओवादी कर्मचारीहरु एकै ठाउँमा आउनुपर्ने बताए । महासंघका महासचिव गोपालसिंह धामीले सञ्चालन गरेको कार्यक्रममा एमाओवादीनिकट नेपाल राष्टि«य कर्मचारी महासंघका निवर्तमान अध्यक्ष पवित्रा तिमल्सिना, उपाध्यक्ष गौरीशंकर सिंह, सदस्यहरु लोकनाथ चुडाल र मधुसूदन अधिकारीले पनि एकतामा जोड दिँदै धारणा राखे  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy