Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

के गर्दैछन् नयाँ वर्षमा नायिकाहरू ?

समय आफ्नै गतिमा छ । समयको गतिमा २०७१ साल सकिएको छ । नेपाली विक्रम सम्बतको सुरुआती दिन मंगलबार २०७२ साल बैशाख १ गते । नेपालीहरु यस दिनलाई विशेष दिनका रुपमा लिन्छन् । आम मान्छेजस्तै नेपाली चलचित्र क्षेत्रका नायिकाहरुले पनि नयाँ वर्षको दिनलाई विशेष रुपमा लिने गर्दछन् । यसै सन्दर्भमा खबरडबलीले केही नायिकाहरुसँग सम्पर्क गरी नयाँ वर्ष कसरी बित्दैछ भनेर जिज्ञासा राखेको थियो । प्रस्तुत छ, सोही वार्तालापको सारसंक्षेप । \"Rekha_Thapa\"रेखा थापाः ‘घरमै छु’ नेपाली सिनेजगतकी चर्चित नायिका रेखा थापा नयाँ वर्षका दिन घरमै व्यस्त रहिन् । खबरडबलीसँगको कुराकानीमा उनले भनिन्–  ‘आज घरमै व्यस्त छु, त्यत्तिकै बसिरहेकी छु । नयाँ वर्ष भन्नेबित्तिकै नयाँ केही गर्नैपर्छ भन्ने पनि त छैन । काम गर्ने मान्छे हुँ, जहिले पनि काममै हुन्छु ।’                   \"Keki_Adhikari\"केकी अधिकारीः ‘भाग सानी भागमै व्यस्त छु’ युवापुस्तामा चर्चित नायिका केकी अधिकारी नयाँ वर्षका दिन पनि काममै व्यस्त रहिन् । चेतन सापकोटाकाे निर्माण रहेकाे भाग सानी भागको सुटिङमै यतिबेला व्यस्त छिन् उनी । नयाँ वर्षारम्भका दिन खबरडबलीले सम्पर्क भनिन्– ‘भाग सानी भागको सुटिङमै व्यस्त छु । सुटिङ काठमाडौंमै चलिरहेको छ ।’       \"Nisha_Adhikari\"निशा अधिकारीः ‘सुटिङमा वीरगञ्ज छु’ नायिका निशा अधिकारी पनि केकीजस्तै सुटिङमै व्यस्त छिन् । खबरडबलीले सम्पर्क गर्दा उनले आफू काममै रहेको बताइन् । ‘वीरगञ्जमा सुटिङमा छु । नयाँ वर्षको दिन काममै व्यस्त रहियो, स्पेसल केही छैन ।’               \"Benisha_Hamal\"बेनिसा हमाल: ‘प्रण नगर्ने प्रण’ नायिका बेनिसा हमाललाई यस वर्ष पछुतो लागेको छ । विगतका वर्षमा नयाँ वर्षको सुरुका दिन गरेको प्रण वर्षको अन्तिम दिनसम्ममा पनि पूरा नभएपछि यसपाली कुनै प्रण नगर्ने निष्कर्षमा पुगेकी रहिछन् उनी । आफूले नयाँ वर्षारम्भको अघिल्लो दिन ‘न्यु इयर इभ’ मै रमाइलो गरिसकेको बताउँदै खबरडबलीसँग भनिन्– ‘हिजो इभमै रमाइलो भयो, पार्टी गर्यौं । विगतमा  साथीहरु मिलेर प्रण गर्ने प्रचलन थियो । अहिले केही त्यस्तो प्रण गरिएन । गतवर्षका प्रण वर्षको अन्तिमसम्म पनि पूरा भएनन्, त्यही रियलाइज भयो । अब ‘प्रण नगर्ने प्रण’ गरें । पछुताउनुभन्दा प्रण नगरेरै हेरौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: