Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

डेढ महिनाअघि नै प्रश्नपत्र आउट, पुनःपरीक्षा गर्न विद्यार्थीको माग

काठमाडौ, पूर्वाञ्चल विश्वविद्यालयले सोमबार सञ्चालन गरेको बीई सातौं सेमेस्टरको हाइड्रोपावर इन्जिनियरिङ विषयको प्रश्नपत्र डेढ महिनाअघि नै अर्को एक कलेजले लिएको आन्तरिक परीक्षाकै हुबहु प्रश्नपत्र भएको पाइएको छ । गत फागुन ८ गते ख्वप इन्जिनियरिङ कलेजले सञ्चालन गरेको सोही विषयको आन्तरिक परीक्षामा प्रयोग गरिएको प्रश्नपत्र सोमबार सञ्चालिन विश्वविद्यालयको बोर्ड परीक्षामा हुबहु आएको रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरुले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रस्तुत गरिएका दुबै प्रश्नपत्रमा ख्वप कलेजले आन्तरिक परीक्षामा दिइएका प्रश्नमध्ये प्रश्न नम्बर १ को बी बाहेक ११ वटा प्रश्न हुबहु पाइएको छ । पत्रकार सम्मेलनमा हिस्ट कलेजका विद्यार्थी नोबेल पोख्रेलले ख्वप कलेजको आन्तरिक परीक्षाको प्रश्नपत्र पढ्नु भनेर आइतबार नै सबैलाई म्यासेज आए पनि आफूहरुले कोर्सको प्याटर्नभन्दा बाहिर रहेकाले नआउने अनुमानमा आफ्नै कलेजको नोट पढेको भन्दै विश्वविद्यालयको प्रश्न छनौट गर्ने टोली र ख्वप कलेजको मिलेमतो भएको दावी गरे । उनले मिलेमतोमा गरिएको परीक्षा क्यान्सिल गरेर पुनः नयाँ परीक्षा माग गर्दै अन्यथा अन्यायका विरुद्ध आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । विद्यार्थीहरुले विश्वविद्यालयले चार वर्षको कोर्सलाई छ वर्ष लगाउने, नतिजा समयमा प्रकाशित नगर्नेजस्ता गैरजिम्मेवार काम गर्दै आएकोमा आफूहरुले पुरानो प्रश्नपत्र आएकोमा आपत्ति जनाउँदा प्रहरी लगाएर ठेगान लगाउने चेतावनी दिएको गुनासो गर्दै पेलेर आफूलाई थप परीक्षा गराउन खोजे सम्पूर्ण परीक्षा बहिस्कार गर्ने चेतावनी दिए । हिष्ट, केसीसी र आर्यन कलेजका विद्यार्थीहरुले प्रश्नपत्र छनौट समितिमाथि छानबिन र पुनः परीक्षाको माग गर्दै मंगलबार फ्याक्समार्फत पूर्वाञ्चल विश्वविद्यालयलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE