Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

यस्तो छ नारायणकाजी असन्तुष्ट हुनको भित्रि कारण

\"\"काठमाडौं, २५ जेठ । नेकपा माओवादी केन्द्रले पूर्व अर्थमन्त्री कृष्ण बहादुर महरालाई देउवा सरकारमा माओवादीको नेतृत्व गर्नेगरी पठाएपछि नेता नारायणकाजी श्रेष्ठ “प्रकाश”ले असन्तुष्टि व्यक्त गरेका छन् । नारायणकाजी श्रेष्ठले आफू निकट पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई सरकारमा माओवादीको नेतृत्व दिनुपर्ने अडान राख्दै आएका थिए । बुधबार बसेको हेडक्वार्टर बैठकले माओवादी केन्द्रबाट महराको नेतृत्वमा जनार्दन शर्मा र प्रमु साहलाई सरकारमा पठाउने निर्णय गरेको थियो । पार्टी सूत्रका अनुसार, नारायणकाजीले नेता गिरिराजमणी पोखरेललाई उप प्रधानमन्त्रीको भूमिका दिनु पर्ने र सो नभए गृह मन्त्रालय दिनुपर्ने माग गरेका थिए । गृह मन्त्रालयमा यसअघिका उर्जा मन्त्री जनार्दन शर्माको बारेमा यसअघि नै छलफल भएको, आम जनताले समेत जनार्दनलाई रुचाएको कारण गिरिराजमणी पोखरेललाई गृह दिन नसकिने कुरा प्रचण्डले व्यक्त गरेका थिए । प्रचण्डले गिरिराजमणी पोखरेलको क्षमता उच्च भएको र उनले विगतमा समेत पार्टीको नीति अनुसार उल्लेख्य काम गरेको भएपनि गृहमा जनार्दन शर्मालाई नै पठाउने निर्णय गरेका थिए । परराष्ट्र मन्त्रालयमा पठाउने विषयमा सत्ता गठबन्धन नेपाली कांग्रेसले समेत महरालाई नै खोजेकोले अरुलाई पठाउन नसकिएको पार्टी श्रोतले बताएको छ । श्रोतका अनुसार, नेपाली कांग्रेसले परराष्ट्र मन्त्रालय लिने हो भने महराले नेतृत्व गर्नुपर्ने नत्र नेपाली कांग्रेसले परराष्ट्र मन्त्रालय लिने कुरा गरेपछि महराको नाममा निर्णय भएको हो । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विकास र भारत तथा चीनबीच सुमुधुर सम्बन्ध कायम गर्न पनि महराको आवश्यकता ठानिएको श्रोतले बतायो । सरकारमा भारतसँग नरम व्यवहार गर्ने शेर बहादुर देउवाको नेतृत्व भएको अवस्थामा चीनसँग राम्रो सम्बन्ध भएका महरालाई परराष्ट्र दिनु अत्यन्तै उपयुक्त निर्णय भएको श्रोतले बतायो । नेता नारायणकाजीले भने बुधबारको निर्णयप्रति असन्तुष्टि जनाउँदै राती सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गरेका छन् । सम्भवतः नारायणकाजी समूहबाट गिरिराजमणी पोखरेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । शिक्षा मन्त्रालय नेपाली कांग्रेसले लिएको अवस्थामा स्वास्थ्यमा राम्रो दख्खल समेत भएका पोखरेलले उक्त जिम्मेवारी पाउन सक्ने देखिन्छ । तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन । गिरिराजमणी आफूले नै मन्त्री बन्न नचाहेको अवस्थामा भने नारायणकाजीले आफ्नो समूहबाट मन्त्री बन्न बाँकी सांसदको नाम प्रस्ताव गर्ने देखिन्छ । पार्टी एकीकरण भएको लामो समय बितिसक्दा समेत गुटको अस्तित्व कायम रहेको भन्दै वैद्य माओवादीबाट आएका पार्टी नेताहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक शीर्ष नेताले भने, “हामी एक वर्ष नहुँदा त एकै मनका भएका छौं, प्रकाश कमरेडहरु यति लामो समय भयो एकता भएको, तर अहिले पनि मेरो समूह र मेरो समूहबाट भन्न छोड्नु भएको छैन । यसले पार्टीको हित गर्दैन ।” माओवादीले अन्य मन्त्रीहरुको टुंगो अझै लगाउन सकेको छैन । नेपाली कांग्रेस र अन्य सहयोग दलहरुसँग मन्त्रालय बाँडफाँडबारे टुंगो नलागेको कारण माओवादीले समेत जिम्मेवारी बाँडफाँड गर्न नसकेको श्रोतले बतायो । सम्भवतः नेपाली कांग्रेसलगायतका दलसँग छलफल गरेर छिटै नै मन्त्रीको टुंगो लाग्ने छ । माओवादीले क्षेत्रगत, लिंगगत र पार्टीभित्रको समूहगत सन्तुलत मिलाएर मन्त्रीहरुको टुंगो लगाउने बताइन्छ । त्यसो भएको खण्डमा सुदूरपश्चिम र कर्णालीबाट एकएक मन्त्री माओवादीले छान्ने छ । मन्त्री बन्न नसकेका अवस्थामा सन्तुलन मिलाउन राज्यमन्त्रीमा समेत माओवादीले क्षेत्रगत प्रतिनिधित्व गराउने देखिन्छ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending