Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

फोटोकपी गरेर पैसा साट्दा पनि पत्तो पाएनन् प्रभु बैंकका कर्मचारीले

\"\"बुटवल, २५ जेठ । गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ । बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथमा अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड ९असहायका लागि सहयोगी हातहरु० नामको गैरसरकारी संस्थाको कार्यालयबाट रुपन्देही जिल्ला कञ्चल गाउँपालिका–६ का २१ वर्षीय सन्तोष मल्लले नक्कली नोट तयार गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामानसमेत बरामद गरेको इप्रका, बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए । प्रहरीले नक्कली नोट तयार गर्न प्रयोग हुने सामान उनको कार्यालय तथा निवासबाट बरामद गरेको हो । प्रहरीका अनुसार अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने चलाखीपूर्ण काम गर्दै आएका थिए । उनले पहिलोपटक बैंकमा जम्मा गर्न लगेको पैसामा एक थान रु एक हजारको नोट समावेश गरेर साटेको र दोस्रोपटक रु एक हजारको १०० थान भित्र १४ थान नक्कली नोट राखेर साट्न सफल भएपछि अन्तिमपटक रु एक लाखको चेक साटेर आएको पैसा तत्कालै आफूले लगेको नक्कली नोटको गड्डीसँग साट्न सफल भएका थिए । पछिल्लोपटक मङ्गलबार बैंकले रु एक हजार दरको ७० थान नक्कली नोट फेला परेको भन्ने प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा बैंकमा राखेको सिसी क्यामेराको रेकर्ड हेर्दा पक्राउ परेका मल्लले नक्कली नोट ल्याएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनको कार्यालय र निवासमा छापा मार्दा ती सामानसमेत बरामद भएको प्रनाउ मरासिनीले बताए । उनले उनको कार्यालय र निवासबाट नेपाली रु एक हजार दरका १०० थान नोट, रु ५०० दरका १०० थान र निजले सञ्चालन गरेको कार्यालयबाट रु एक हजार २५९ थान र रु १०० दरका पाँच थान नोट ल्यापटप, अर्फन हेल्पिङ हेन्ड नामको ब्यानर, अर्फन हेल्पिङ हेन्ड नामको रसिद, रबर छाप र पैसा छाप्न प्रयोगमा ल्याइएका कागजसमेत बरामद भएको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy