Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अवसर र सम्भावनाको खोजी गर्दै अबुधाबीमा नेपाली महिला

\"\"दुबई, २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै ३०० भन्दा बढी छ । कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् । सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ । पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि विदेशीनु भएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आएकी थिइन् । एयरपोर्टको शौचालयमा भेटिएकी उनी नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै थिइन् । किन विदेशीएको भन्ने प्रश्नमा उनले हाँस्दै भनिन्– “दुबई आई ब्युटिपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि दोस्रो पटक अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइन ।” निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई आएकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने बताउँछिन् । “बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ । नत्र पेट पाल्न सकिन्न” – उनले भनिन। हालैको भ्रमणका क्रममा भेटिएकी उनी शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भएपनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले दैनिक १२ घन्टा काममा खटिएकी छिन्। “आराम गरे तलब आउँदैन घर फर्कौ भने आएको वर्षदिन पुगेको छैन । बिदा पाइँदैन । ओभरटाइम पनि गर्नैप¥र्यो । धन्य यहाँ भित्र अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्, ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाइन् । अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै ३००को हाराहारीमा रहेको बताइन्छ । नाम नलेख्नु है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको बताए । उनले भने – “एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ यहाँ नेपाली पुरुष २५० जना छन् तर महिला त्यो भन्दा बढी छन् ।’’ यहाँ काम गर्ने नेपालीहरू आपसमा नेपाली भाषामै आफ्ना समस्या साटासाट गर्छन् । कोही नेपाली जस्तो लागेमा सोधीखोजी गर्छन् । यहाँ काम गर्ने महिला कामदारलाई बाहिरी व्यक्तिसँग बोल्ने अनुमति छैन अझ खासगरी सुरक्षाकर्मीहरूसँग । यो कुरा सुनाउन पनि ती महिलाले बाथरुमभित्र लगेका थिए । दुबईमा रोजगारीका लागि आउने नेपाली सबै कम पढेका वा गाउँका व्यक्तिमात्र हुन्छन् भन्ने भ्रम पनि अबुधाबी एयरपोर्टमा कार्यरत क्यासियर मेरिना प्रधानलाई भेटेपछि टुट्छ । कुनै नायिकाभन्दा कम नलाग्ने प्रधानले एयरपोर्टमा समस्या परेका त्यहाँ कार्यरत रहेक नेपाली चेलीको ख्याल पनि उत्तिकै राख्छन् । को बिरामी छ, कसलाई समस्या परेको छ, को परिवारलाई सम्झेर दुःखी छ सबै जानकारी उनीसँग छ । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उनको परिवार दार्जिलिङमा छ । “पढेर सजिलै घरपायक राम्रो जागिर पाउन गाह्रो छ । धेरै ठूलो आकाङ्क्षा पनि केही छैन । दुई वर्ष भयो आएको । जे छ त्यसमै खुसी हुनुपर्छ भन्ने सोचेर यसैमा आनन्दित छु । कसैको रहर त घर छोड्ने हुन्न । परदेशमा सबै नेपाली आफ्नै लाग्छन् । कामले यति फुर्सद हुन्न तर मिलेसम्म म हरेक सहयोग गर्ने कोसिस गर्छु । यहाँ कति दिदीबहिनी पहिलोपल्ट आउँदा अत्तालिन्छन्, उनीहरूलाई सान्त्वना दिन पाउँदा पनि खुसी मिल्ने उनको भनाइ छ । देशमा रोजगारी नहुँदा विदेशिएका नेपाली महिलाले आफूहरूले पनि घरव्यवहार चलाउन सकेकोमा सन्तुष्टि व्यक्त गरे । कामको सम्मान हुने भएकाले विदेशी मुलुकमा काम गर्न सजिलो भएको नेत्रा कार्कीले बताए । “हामीलाई आफ्नो देशमा काम गर्न कठिन छ तर हामीलाई यहाँ सजिलो छ” – नेत्राले भने । एयरपोर्टमा कार्यरत महिलाले अन्यत्रभन्दा बढी कमाइमात्र गर्दैनन्, व्यक्तित्वसमेत गजबले विकास गरेका छन् । मेरिना प्रधानका अनुसार विश्वका मानिसको आवतजावत हुने भएकाले यहाँ काम गर्ने हरेक महिलाको व्यक्तित्व र आत्मबल उच्च छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending