Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कांग्रेसमा मच्चियो भाँडभैलो

\"\"इटहरी, २६ जेठ । स्थानीय निर्वाचनमा टिकटको विषयलाई लिएर नेपाली कांग्रेसमा अहिले भाँडभैलो मच्चिएको छ । इटहरी उप महानगरपालिकाको मेयरका लागि टिकट दिने क्रममा उक्त भाँडभैलो भएको हो । बिहिबार काङ्ग्रेस केन्द्रिय पार्टी कार्यालयले इटहरीको मेयर पदको लागी रोहित प्रसाईलाई टिकट दिने निर्णय गरेपछि इटहरी काङ्ग्रेसमा भाँडभैलो भएको हो । मेयरमा निस्क्रिय सदस्य रोहित प्रसाईलाई टिकट दिएको भन्दै हेमकर्ण पौडेल समर्थक कार्यकर्ताहरुले भाँडभैलो मच्चाएका छन् । नेपाली कांग्रेसले लोकप्रियता र कार्यकर्ताको मर्मलाई नबुझि मेयरमा प्रसाईलाई उम्मेदवार बनाएको पौडेल पक्षका कार्यकर्ताले विरोध स्वरुप सडकमा प्रदर्शन समेत गरेका छन् । रामचन्द्र पौडेल पक्षधर मानिने पौडेल तथा उनका समर्थकहरुले निर्णय तत्काल सच्याउन कार्यदललाई चेतावनी समेत दिएका थिए । प्रसाईले टिकट पाएको आक्रोसमा पौडेल समर्थक कार्यकर्ताहरु बिहिबार साँझ देखी आन्दोलित बनेका हुन । इटहरी कांग्रेसको ठूलो जनमत पौडेलका पक्षमा उभिएको पाइन्छ । पार्टी कार्यकर्ताहरुले पौडेललाई पूर्ण समर्थन गर्दै इटहरी बजारमा नाराबाजीसहितको र्याली समेत निकालिएको छ । आक्रोशित हजारौ कार्यकर्ताहरुले आजै इटहरी नगर समिति, सुनसरी २ नंम्बर क्षेत्रिय कार्यालय र सुनसरी जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पार्टीले तत्काल निर्णय नसच्याइए इटहरी उपमहानगरपालिकाका २० वटौ वार्डका अध्यक्ष उम्मेद्वारहरुले राजिनामा दिने बताएका छन् । उसोतः मेयरको टिकट पाउने प्रसाई कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छन् । यता काङ्ग्रेस इटहरी सभापति समेत रहेका पौडेलले भने आफूले दुईदशकदेखि पार्टी राजनीतिमा लागेर पनि पैसा र पावरको भरमा टिकट दिएकोप्रति गुनासो पोखेका छन् । उनले आफूले पार्टीप्रति गरेको योगदानको कदर नभएको बताए । युवाहरुले पार्टी केन्द्रीय नेताहरुलाई हेमकर्ण पौडेललाई मेयरको उम्मेद्वार बनाऔं भन्दै एसएमएस अभियान पनि शूरु गरेका छन् । कुनै पनि हालतमा निर्णय फिर्ता लिई हेमकर्ण पौडेललाई मेयरको टिकट दिनु पर्ने काङ्ग्रेस कार्यकर्ताहरुको माग छ । नेविसंघका २ नम्बर क्षेत्रीय सभापति टंक दाहालले पनि पार्टीले निस्किय मान्छेलाई उठाएर पार्टीले आफ्नै पार्टीलाई हराउन लागेको आरोप लगाए । उनीहरुले कांग्रेसले इटहरीको मेयरको उम्मेदवार बनाउने सवालमा गलत निर्णय गरेकाले त्यसविरुद्ध आन्दोलन गर्ने बताएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending