Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

बबई र कर्णाली तटबन्धको काम रोकियो : निर्माण पक्ष भन्छ–पैसा पाइएन

\"\"गुलरिया (बर्दिया), २८ जेठ । निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन् । निर्वाचन आचारसंहिता सुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भुक्तानी रकम नदिँदा ठेकेदार पक्षले काम रोकेका हुन् । तटबन्ध निर्माणमा सूर्य कन्स्ट्रक्सन, राजेन्द्र निर्माण सेवा, गजुरमुखी निर्माण सेवा, महादेव खिम्ती एण्ड मल्लदेवी ज्वाइन्ट भेन्चरलगायत कम्पनीले काम गरिरहेका छन् । निर्माण कम्पनीले बिलअनुसारको रकम नपाउँदा मजदुर, सवारी साधन, इन्धन, भौतिक सामग्रीलगायतको रकम भुक्तानी दिन नसकेको जनाए । कार्यालयका अधिकृत धु्रव पोखरेलले बजेट निकासा नहुँदा तटबन्धको काम प्रभावित बन्दै गएको बताए । बजेटको अभावमा काम गर्ने वातावरण नभएकाले व्यवसायी निर्माणस्थलमा आउन छाडेको आयोजनाका कर्मचारी बताउँछन् । समयमा तटबन्ध निर्माण नभए बाढीको जोखिम बढ्ने स्थानीयवासीको गुनासो छ । केही दिन पहिले परेको पानीका कारण बन्दै गरेको तटबन्ध बगाएको कम्पनीका कर्मचारीले बताएका छन् । कर्णाली र यसको भङ्गालो गेरुवा नदीस्थित विभिन्न नौ ठाउँमा तटबन्धको काम २०७१ सालदेखि सुरु गरिएको थियो । पाताभारको वनघुस्रा, राजापुरको टिहुनी, सनकट्टीघाट–१ मुर्गवालगायतका ठाउँमा तटबन्धको काम भइरहेको छ । निर्माण व्यवसायी टङ्क खत्रीले तीन महिनादेखि रनिङ बिलको रकम भुक्तानी नपाउँदा काम गर्ने वातावरण नभएको बताउनुभयो । जिल्लास्थित कार्यालय र विभागमा बजेट निकासाका लागि पहलका लागि दौडधुप गरेपनि सफल नभएको उहाँले जानकारी दिनुभयो । नदी कटान र बाढीले यस क्षेत्रका करिब पाँच हजार घरधुरी बाढीबाट बर्सेनि प्रभावित हुने गरेका छन् । त्यस्तै, जलउत्पन्न कार्यालयले बबई नदी र अन्य खोला ठेक्कामा दिएका काम पनि बजेटको अभावमा प्रभावित बन्दै गएको जनाएको छ । गुलरियाको थपुवा, लटकनिया, पशुहाट, प्रयागपुरलगायतका ठाउँमा निर्माण भइरहेको तटबन्धको रकमसमेत निकासा हुन सकेको छैन । जलउत्पन्न कार्यालयका अधिकृत पोखरेलले असारको पहिलो साता बजेट निकासा हुने बताए ।  असारको पहिलो साता मात्रै बजेट निकासा हुँदा चालु कामसमेत पूर्ण नहुने देखिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending