Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई भेला सम्पन्न

\"\"काठमाडौं, २८ जेठ । ग्लोवल कलेज अफ म्यानेजमेन्टको सहयोगमा ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसन र ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसन अष्ट्रेलिया च्याप्टरको सहकार्यमा शनिवार ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई भेला – २०१७ आयोजना गरिएकोछ । उक्त भेलामा ग्लोवल कलेज अफ म्यानेजमेन्टबाट विभिन्न तहमा पढेका झण्डै ८०० भन्दा बढी पूर्वविद्यार्थी सहभागिहरू आकर्षणका केन्द्र थिए । ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसनको स्थापना सन् २०१४ मा ग्लोबल कलेज अफ म्यानेजमेण्टका पुर्व विद्यार्थीहरू द्वारा गरिएको हो । अल्मुनाई एसोसियसनले स्वदेश तथा विदेशमा रहेका ग्लोबल कलेजका पूर्वविद्यार्थीहरू बिच सम्बन्धको संञ्जाल कायम गर्ने, शैक्षीक तथा वृत्ति विकासमा टेवा पु¥याउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रोजगारीको सिर्जना तथा रोजगार प्राप्तिमा सहयोग पु¥याउने तथा उद्यमशीलताको विकासमा अधि बढ्ने जस्ता कामहरू गर्दै आएकोछ । ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसन तेस्रो पटक पूर्व विद्यार्थीको भेला आयोजना गरेको हो । उक्त कार्यक्रममा ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसन अष्ट्रेलिया च्याप्टरको समेत सहभागिता रहेको थियो । ग्लोवल कलेज अफ म्यानेजमेन्टका प्रमुख कार्यकारि अधिकृत डा. खगेन्द्रप्रसाद ओझाले अल्मुनाई एसोसियसनका विविध पक्षमा प्रकाश पार्नु भएको थियो । डा. ओझाले अल्मुनाई एसोसियसनको सञ्जाललाई विश्वभरी फैलाउने र समग्र देश विकाशमा सहयोगी भूमिका निर्वाह गर्न सक्नेमा आफु ढुक्क रहेको र त्यसको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । यसै गरी ग्लोवल कलेज अफ म्यानेजमेन्टका निर्देशक तथा युनिग्लोब कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्टले अल्मुनाई एसोसियसनको महत्व र यसको आवश्यकता औल्याउदै अल्मुनाई एसोसियसनलाई अझ वृहत्तर र सशक्त बनाउनु पर्ने विचार व्यक्त गर्नु भयो । ग्लोवल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल श्री अम्बा दत्त जोशीले पूर्व विद्यार्थीको यस अभियानलाई ग्लोवल कलेज अफ म्यानेजमेन्ट तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउदै अल्मुनाई एसोसियसनले गरिरहेका कार्यक्रको मुक्तकण्ठले प्रशंसा गरे । सो कार्यक्रममा ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसन अष्ट्रेलिया च्याप्टरका संयोजक श्री राजन खतिवडाले ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसनको उद्देश्य तथा गतिविधिका बारेका प्रकाश पारेका थिए । उनले अल्मुनाई एसोसियसनको योजना दीर्घकालीन भएकाले भविष्यमा यो एउटा अन्तर्राष्ट्रिय संजाल हुनसक्नेमा आफु विस्वश्त रहेको विचार व्यक्त गरे । साथै निकट भविष्यमै ग्लोवल कलेज अफ म्यानेजमेन्ट अल्मुनाई एसोसियसन अमेरिका च्याप्टरको शुभारम्भ हुने जानकारी दिए । कार्यक्रममा ग्लोवल कलेज अफ म्यानेजमेन्टका पूर्व भाइस प्रिन्सिपल श्री डमरू पौडेलले अमेरिकाबाटै आफ्नो शुभकामना सन्देश पठाएका थिए । कार्यक्रमको सुरुवात अनौपचारिक प्रस्तुतिहरूबाट भएको थियो । जसमा ग्लोवल कजेजका पूर्व विद्यार्थीहरूले नृत्य, संगीत, गायन, कविता तथा हास्य प्रस्तुति गरेका थिए । औपचारिक प्रस्तुतिमा ग्लोवल कलेजमा अध्यनरत विद्यार्थीले सुरू गरेको ई–कमर्स व्यवसायको उद्घाटन समेत भएको थियो । ग्लोवल कलेज अफ म्यानेजमेन्टमा कार्यक्र अग्रेजी विभाग प्रमुख डा. नारायण चुडालले पनि आफ्नो साङ्गितक प्रस्तुति दिनु भएको थियो । झण्डै २५ भन्दा बढी पुर्व विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रममा फोटोसेसन प्रमुख आर्कषणको केन्द्र बनेको थियो । डिजे र चियापान सहित कार्यक्रममा प्रस्तुति दिने सहभागिहरूलाई सर्टिफिकेट प्रदान गर्दै कार्यक्रम सपापन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending