‘ठूलो माछा’ चुडामणी शर्माः ९९ प्रतिशत छुट दिएर २१ अर्ब अनियमितता
जेष्ठ ३० गते, २०७४ मगलवार 13th June, 2017 Tue१३:३७:४४ मा प्रकाशित
काठमाडौं, ३० जेठ । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्माले २१ अर्ब रुपैयाँसम्म अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । हिरासतमा राखेर छानविन भइरहेको अवस्थामा अहिलेसम्म करिब २१ अर्ब अनियमितता गरेको प्रमाण पुगेको अख्तियार स्रोतले जानकारी दिएको छ । कर फस्र्यौटमा अनियमितता गरेको आरोपमा अख्तियारले जेठ १९ गते शर्मालाई पक्राउ गरेको थियो । अख्तियारले राजश्व हिनामिना प्रकरणमा पक्राउ गरेको शर्मा ठूलो भ्रष्टाचारको पहिलो व्यक्ति हुन् ।
शर्माको बयान चलिरहेको भन्दै तात्कालीन कर फर्स्यौट आयोगका अध्यक्ष र अर्का सदस्यलाई पनि सोधपुछका लागि पत्राचार गरिएको बताइएको छ । हाल हिरासतमा रहेका महानिर्देशक शर्माले आफू निर्दोष रहेको बताएका छन् ।
अहिलेसम्म प्राप्त कागजातले उक्त आयोगले कतिपय निजी मदिरा उत्पादक कम्पनीलाई उनीहरुले तिर्नुपर्ने करौडौँ रुपियाँ कर बक्यौता मध्ये ९९ प्रतिशतसम्म छुट दिएको देखिएको उनीहरुको छानविनमा रहेका एक सदस्यले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०६९/७० सम्मको कर फर्स्यौंटसम्बन्धी विषय टुंग्याउन गठित आयोगले गरेका काम कारबाही सम्बन्धी विवरण उपलब्ध गराउन अस्वीकार गरेको भन्दै अख्तियारले डेढ साताअघि उक्त आयोगको सदस्य सचिव रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई हिरासतमा लिएको थियो ।
त्यसयता उक्त आयोगले फर्स्यौंट गरेका १ हजारभन्दा धेरै निवेदनमध्ये एक करोड रुपैयाँ भन्दा बढी कर बक्यौता रकमसँग जोडिएका ८७ वटा फाइल झिकाएर अनुसन्धान अघि बढाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका अनुसार, ४० अर्ब रुपैयाँ कर बक्यौता रहेकोमा साढे ३० अर्बको मात्रै फर्स्यौट गरेको र त्यसबाट आयोगले जम्मा साढे ९ अर्ब मात्र असुल उपर गरेको देखिन्छ ।
हालसम्मको अनुसन्धानले उक्त आयोगबाट २१ अर्बसम्म गैरकानूनी रुपमा मिनाहा गरिएको हुनसक्ने देखिएको छ । उक्त प्रकरणको अनुसन्धानबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीवराज कोइरालाले भने ‘चुडामणि शर्माको बयान कार्य जारी छ र अध्यक्ष तथा अर्का एक जना सदस्यको हकमा चाँहि उहाँहरुलाई बयानका लागि सम्पर्क गर्न आउनु भनेर आयोगले सोमबार पत्राचार गरिसकेको छ ।’
छानविनमा संलग्न एक सदस्यका अनुसार उक्त आयोगले एउटा मदिरा उत्पादक कम्पनीलाई उसले तिर्नुपर्ने करिब ३४ करोड रुपैयाँमध्ये ९९ प्रतिशत रकम कर मिनाहा गरेको पाइएको छ । शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक हुनुअघि सम्पति शुद्धिकरण अनुसन्धान विभागका प्रमुख थिए ।
त्यस्तै अर्कोको हकमा २० करोड ७ लाख रुपैयाँ बक्यौता रहेकोमा साढे १९ करोड छुट दिइएको थियो । कतिपय केबुल सेवा प्रदायकलाई ९७ प्रतिशतसम्म र स्वास्थ्य सामाग्री तथा सवारी साधन विक्रेता कम्पनीलाई ९९ प्रतिशतसम्म कर मिनाहा गरिदिएको एक सदस्यले बताए ।
यस्तै उक्त आयोगले ९ वटा सरकारी संस्थानबाट साढे ५ अर्ब असुल गर्ने सम्झौता गरेको र १ हजार ६० निजी व्यवसायीबाट करिब ४ अर्बमात्र उठाएको यसवर्षको महालेखा परिक्षकको कार्यलयको प्रतिवेदनमा उल्लेख छ।
निजी क्षेत्रका व्यवसायीलाई कर दाखिलामा अधिकतम मिनाहा दिएकाले मिलेमतोको संकेत देखिएको भन्दै उक्त कार्यालयले छानविन गर्न सरकारलाई भनेको थियो । त्यसबाहेक मूल्य अभिवृद्धि कर भ्याटका रुपमा जनताबाट उठाइएको ७७ करोड रुपैयाँ समेत राजश्व मिनाहा गरेको देखिएको उक्त प्रतिवेदनले जनाएको थियो ।
महालेखा परीक्षकको कार्यालयका प्रवक्ता रामुप्रसाद डोटेलल भने ‘एक त कर फर्स्यौट आयोगले अपारदर्शी ढंगले काम गर्यो त्यसले गरेका काम कारबाहीहरु छानविन हुनुपर्छ, यस प्रकारको आयोग गठन गर्ने प्रकिया नै रोकिनुपर्छ, आयोगले जुन रकम मिनाहा दियो त्यसलाई नै हामीले मान्यता नदिएको अवस्था हो ।’
यसअघि अख्तियारले विवरणहरु उपलब्ध गराउन पत्राचार गरेपछि महानिर्देशक शर्माले कर फर्छ्यौट आयोगको निर्णयमाथि उक्त निकायले प्रश्न उठाउन नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै जवाफ पठाइएको छ । कर फर्स्यौट ऐन २०३३ ले उक्त आयोगले गरेका निर्णयमा केही अवस्थामा बाहेक कुनै पुनरावेदन नलाग्ने व्यवस्था गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: