बैशाख ३ गते, २०७२ बुधवार 15th April, 2015 Wed१५:१४:०७ मा प्रकाशित
बागलुङ, संविधानसभा उपनिर्वाचन सकिएर मतपरिणाम समेत सार्वजनिक भइसक्यो । तर, चुनावताका भएका विभिन्न गतिविधिको राप भने सकिएको छैन । खबरडबलीकर्मी अर्जुन लामिछानेले बागलुङबाट पठाएको एक रिपोर्ट–
एमाले नेता नेपाली अनसनमा, स्वास्थ्यस्थिति नाजुक
चुनावी झगडामा बन्दी बनेका कार्यकर्ता रिहाइको माग गर्दै अनसन बसेका एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीको स्वास्थ्यअवस्था नाजुक हुँदै गएको छ ।
रक्तचापलगायतका समस्या रहेको र ३६ घन्टादेखि खानपिनको त कुरै छाडौं, पानी समेत नपिएका कारण अनसनरत नेपालीको स्वास्थ्यअवस्था कमजोर हुँदै गएको स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मीले पानीसम्म भए पनि खानका लागि सुझाव दिएको नेपालीकी श्रीमती सुजाताले जानकारी दिइन् । पानी पनि नखाने हो भने आजै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।
संविधानसभा उपनिर्वाचनका क्रममा पक्राउ परेका आफ्ना पाँच कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग राखेर सोमबार बिहान ६ बजेदेखि नेपाली अनसनरत छन् ।
नेपालीले निर्वाचनका क्रममा आफ्ना कार्यकर्तालाई सुनियोजित रुपमा पक्राउ गरिएको दावी गर्दै आएका छन् ।
यता प्रहरी नायव उपरीक्षक प्रेम बस्नेतले आमरण अनशन बस्दैमा कुनै पनि अपराधका आरोपितलाई रिहा गर्न नमिल्ने बताएका छन् । राजनीतिक दलहरुबीचको समझदारीमा मात्र उनीहरुलाई रिहा गर्न सकिने बस्नेतको भनाइ छ ।
निर्वाचनको अघिल्लो दिन बानपा– ८ का रामजी नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बानपा– १ का टकबहादुर बोहोरा, कर्ण बोहोरा, पप्पु बोहोरा, विदुर बोहोरा र कर्णबहादुर बोहोरालाई बानपा— १ को मतदान केन्द्रबाट नियन्त्रणमा लिएको थियो ।
एमाओवादीमा ‘अन्तर्घात’ बारे छानबिन माग
एकीकृत नेकपा (माओवादी) का कार्यकर्ताले बागलुङको उपनिर्वाचनमा पार्टीभित्रैबाट भएको ‘अन्तर्घात’ छानबिन गर्न माग गरेका छन् ।
निर्वाचन परिचालन कमिटीको बैठकमा बोल्दै अधिकांश कार्यकर्ताले उपनिर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिबाटै घात भएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।
संविधासभा उपनिर्वाचनमा एकीकृत नेकपा (माओवादी) को लज्जास्पद नतिजा आउनुमा अन्य विभिन्न कारणका साथै अन्तर्घात मुख्य कारण भएको दावी गर्दै कार्यकर्ताले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
बैठकमा सहभागीले उपनिर्वाचनको समीक्षाका क्रममा पार्टीभित्रको ‘अन्तर्घात’ का कारण नै आफ्नो मत समेत सुरक्षित गर्न नसकिएको गुनासो गर्दै छानबिन समिति गठनको माग गरेको कार्यालय सचिव चन्द्रबहादुर थापा ‘शिखर’ ले जानकारी दिए ।
चैत २८ गते सम्पन्न संविधानसभा उपनिर्वाचनका क्रममा एकीकृत नेकपा (माओवादी) ले २ हजार ५ सय ५ मत प्राप्त गरेको थियो ।
गत निर्वाचनमा ६ हजार मत प्राप्त गरेको माओवादीले आफ्नो संगठनलाई व्यवस्थित र मजबुत बनाउन नसक्नुका साथै जनवर्गीय संगठनलाई समेत परिचालन गर्न नसकेको बताएका थिए ।
कांग्रेसलाई मत नदिएको भन्दै एमाले कार्यकर्तालाई धम्की
उपनिर्वाचनमा एमालेलाई मतदान गरेको भन्दै रेश— १ का लोकेन्द्र कार्कीलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएका छन् ।
अलगअलग नम्बरबाट फोन र म्यासेज गरेर ज्यान मार्ने धम्की दिएको कार्कीले बताएका छन् । ज्यान मार्ने धम्कीपछि कार्कीले दोषीलाई कार्बाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् ।
निर्वाचन सकिएपछि चैत २९ गते राती ९८०८१५०३३१, ९८४७६६०९७१, ८६७६६९२०३३, ९८६०५०७८९० नम्बरबाट फोन गरी नेपाली कांग्रेसलाई असहयोग गरेको भन्दै धम्काएको कार्कीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
यस्तै रेश— १ बिसाउनाका रामचन्द्र कार्कीले पनि आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिइएको भन्दै उजुरी गरेका छन् । धम्की दिने व्यक्तिहरुको बारेमा खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: