Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

यी हुन माओवादी केन्द्र रुपन्देहीका उम्मेदवारहरु

\"\"भैरहवा, ३ असार । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) रुपन्देहीले जिल्लाको १६ वटै स्थानीय तहका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । सिद्धार्थनगर नगरपालिकामा फैज अहमद खांलाई मेयर र कमला थापालाई उपमेयर, तिलोत्तमा नगरपालिकामा लक्ष्मण खनाललाई मेयर र राधिका शर्मा आचार्यलाई उपमेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको छ । यी दुई तहमा माओवादीले उपप्रमुख लिएर चुनावमा होमिन लागेको छ । पार्टीले बुटवल उपमहानगरपालिकाको उपमेयरमा जगत पोखरेल र देवदह नगरपालिकामा टिका गौतमलाई उपमेयरको उम्मेदवार बनाएको छ । सैनामैना नगरपालिकामा चेतनारायण न्यौपानलाई मेयर, दिपिका शर्मालार्ई उपमेयर, लुम्बिनी सांस्कृतिक नगरपालिकामा हरि बहादुर यादवलाई मेयर र कल्पना हरिजनलाई उपमेयरको उम्मेदवार बनाएको छ । गैंडहवा गांउपालिकामा पुष्परतन पाण्डेलाई अध्यक्ष, सरस्वती थारुलाई उपाध्यक्ष, कञ्चन गाउँपालिकामा विनोद कुमार पुनलाई अध्यक्ष, कुमारी घर्तिलाई उपाध्यक्ष, कोटहीमाई गाउँपालिकामा गुरुचरण केवटलाई अध्यक्ष, पुनम नाउलाई उपाध्यक्ष, सियारी गाउँपालिकामा गोपाल पोखरेललाई अध्यक्ष, धनकुमारी चौधरीलाई उपाध्यक्ष, ओमसतिया गाउँपालिकामा हिरा कुमार केवटलाई अध्यक्ष, सुन्दरमति कुमारी हरिजनलाई उपाध्यक्ष, शुद्धोधन गाउँपालिकामा गोबिन्द चौधरीलाई अध्यक्ष र विष्णु कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै रोहिणी गाउँपालिकामा प्रदीप कुमार पाण्डेलाई अध्यक्ष, सरस्वती गुप्तालाई उपाध्यक्ष, सम्मरीमाईमा गाउँपालिकामा शाहबुद्धिन देवानलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने मायादेवी गाउँपालिकामा सन्तकुमार यादवलाई अध्यक्षको उम्मेदवार बनाएको छ । त्यसै गरी मर्चवारी गाउँपालिकामा लक्ष्मण यादवलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सम्मरीमाई, मर्चवारी र मायादेवी गाउँपालिकामा उपाध्यक्ष पदको उम्मेदवार भने खाली राखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending