Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

दार्जिलिङमा किन चर्किदैँछ आन्दोलन ?

\"\"दार्जिलिङ, ५ असार । यो इस्वी सम्वत् २०१७ सालको जुन महिना हो । कञ्चनजंघाको चुचुरोमा सधैंजस्तै घाम निस्किरहेकै छ। तर त्यसलाई क्यामेरामा कैद गर्नेहरु मानिसहरु भने छैनन् । पूरा उत्तर भारत चर्को गर्मीको मारमा छ । यता, दार्जिलिङमा मानिसहरु स्वेटर र ज्याकेट लगाइरहेका छन् । यो मौसममा देशका विभिन्न भागबाट गर्मी छल्न यहाँ मानिसहरु आउँथे । उत्तरबंगालको पहाडी इलाकाको अर्थव्यवस्थाको मुख्य आधार नै पर्यटन हो । तैपनि दार्जिलिङमा मानिसहरु आ(आफ्नो दोकान बन्द गरेर बसेका छन् । उनीहरु सडकमा छन् । उनीहरु आन्दोलन गरिरहेका छन् र ुवी वान्ट गोर्खाल्याण्डु अर्थात् छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरिरहेका छन् । \"\" यो क्रममा भएका हिंसामा केही मानिसको ज्यान गइसकेको छ । केही घाइते भएका छन् । प्रहरीले केहीलाई गिरफ्तार गरेको छ । तैपनि मानिसहरु मानिरहेका छैनन् । उनीहरुको आन्दोलन दिनहुँ कडा हुँदै गइरहेको छ । उनीहरुले काम गर्न पाइरहेका छैनन् तैपनि उनीहरुलाई केही चिन्ता छैन् । उनीहरु खुशी नै छनन् । प्रसिद्ध स्तम्भकार एवम् गोर्खा जनमुक्ति मोर्चाका सल्लाहकार स्वराज थापा यो अस्मिताको लडाइँ भएको बताउँछन् । मानिसहरु आफ्नो पेटको चिन्ता नगरी आन्दोलनमा सहभागी भइरहेका छन् । थापाले भने ‘यो कुनै एक पार्टीको नेताको लडाइँ होइन् । यो दार्जिलिङ, कालिम्पोङ र कर्सियांग इलाकामा पहाडमा बस्ने लाखौं मानिसहरुको लडाइँ हो । हामी आफ्नो अस्मिता रक्षाका लागि गोर्खाल्याण्ड चाहन्छौं । उनी भन्छन् हाम्रो यो माग १०० वर्षभन्दा बढी पुरानो हो । तर यसपटक पहाडमा मानिसहरु अन्तिम लडाइँ लड्दैछन् । यो लडाइँ गोर्खाल्याण्ड नलिइकन अन्त्य हुनेछैन् । \"\" वी वान्ट गोर्खाल्याण्ड, गोर्खाल्याण्ड–गोर्खाल्याण्ड । गोर्खाल्याण्ड चाहिन्छ, चाहिन्छ–चाहिन्छ । हाम्रो माग गोर्खाल्याण्ड । आन्दोलनकारीहरुले नेपाली तथा अंग्रेजीमा नाराहरु लगाउँदै छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरिरहेका छन् । चोक बजारमा नारा लगाइरहेका मानिसहरुमध्येका एसके दर्नालले भने ‘यो लडाइँ लेप्चा, भुटिया वा गोर्खाको होइन। यो लडाइँ पूरै पहाडको हो। अधिकारका लागि हो जसमाथि बंगाल सरकारले कब्जा जमाएको छ ।’ उनी भन्छन् ‘हामी सिमानाको रक्षा गर्छौं। तर सरकार हाम्रोमा प्रहरी पठाएर गुण्डागर्दी गर्छ । यो हामीलाई सह्य छैन् । तपाईंहरु हामीलाई गोर्खाल्याण्ड ल्याउन मद्दत गर्नुहोस् ।’ \"\" खासगरी अहिलेको संकटको मूल कारण नौ कक्षासम्मका विद्यार्थीका लागि बांग्ला भाषाको पढाइ अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको घोषणा हो । यो घोषणाबाट रुष्ट मानिसहरुले गत जुन ८ मा मन्त्रिपरिषद्को बैठकमा भाग लिन पुगेकी मुख्यमन्त्री ममता बनर्जीलाई कालो झण्डा देखाए । विरोध गरिरहेका मानिसहरु राजभवनमा छिर्ने कोसिस गरे । त्यसलाई रोक्न प्रहरीले लाठी र अश्रु ग्याँस प्रहार गर्यो । उक्त घटनामा कैयौँ मानिस घाइते भए । यसपछि गोर्खा जनमुक्ति मोर्चाले जुन १२ मा पहाडमा अनिश्चितकालीन बन्दको घोषणा गर्यो । सरकारी कार्यालयहरुमा नजान र तिनलाई बन्द गराएर सरकारको विरोध गर्न आह्वान गरियो । त्यसपछि मुख्यमन्त्री ममता बनर्जीले कार्यालयमा अनुपस्थित हुनेको तलब काट्ने आदेश दिइन् । त्यति बेलासम्म परिस्थिति बिग्रिसकेको थियो । तथापि जुन १५ मा मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा प्रहरीको छापापछि स्थिति नियन्त्रणभन्दा बाहिर गयो। गोर्खा जनमुक्ति मोर्चाले जुन १५ देखि अनिश्चितकालीन बन्दको घोषणा गरिदियो । यसको व्यापक असर परिरहेको छ । गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले आफूहरुले केन्द्र सरकारसँग कुराकानी गर्न चाहेको बताए । उनी भन्छन् मैले गृहमन्त्री राजनाथ सिंहसँग भेटघाटको लागि अपील गरेको छु । अब कतिखेर वार्ता गर्ने भन्नेबारे निर्णय गर्ने दायित्व सरकारको हो । बीबीसी हिन्दि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending