Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

भैरहवामा ऐतिहासिक जित हुन्छः कमल थापा

\"\"भैरहवा, असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष कमल थापाले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर भैरहवाबाट हुने जित ऐतिहासिक जित हुने बताएका छन् । संविधान सभाको दोस्रो निर्वाचनमा पनि सिद्धार्थनगर क्षेत्रबाट विजयी भएको र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले विजयी भएर र इतिहास रच्ने बताएका छन् । देशमा शान्ति र स्थायित्व कायम गर्न दुई राप्रपा एकिकरण भइ नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा उदय भएको र विकासको एजेण्डा भएकाले जनताले राप्रपालाई विश्वास गर्छन् थापाले भने । यहाँका जनताले ठूला पार्टीबाट विरक्त भई विकल्प खोजिरहेका छन् । त्यसैले अबको चार दिन सबै कार्यकताहरु दिनरात चुनाव प्रचार प्रसारमा लाग्नु पर्छ । सिद्धार्थनगको जित भनेको ऐतिहासिक हुन्छ । सिद्धार्थनगर राप्रपामय भएकाले राप्रपाको जित भइसकेकोले भारी मतले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुलाई जिताउन सबै कार्यकर्ता लाग्नु पर्ने वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री दिपक बोहोराले बताए । म चुनाव लड्दा राप्रपाका दुई वटा पार्टी थिए । तर पनि मैले भारी मतले निर्वाचन जितेको थिएँ । अहिले राप्रपा एकिकरण भएको छ, बलियो भएको छ । त्यसैले सिद्धार्थनगरबासीले राप्रपालाई विश्वास गरेर भोट हाल्ने पूर्वमन्त्री बोहोराले कार्यक्रममा बताए । प्रचण्ड गर्मिमा पनि गर्मीको अनुभूति नगरि कार्यकर्ता चुनाव प्रचार प्रसारमा लागेको र विकासका एजेण्डा जनता सामु पुर्याइ सकेकोले राप्रपालाई कुनै पार्टीले धक्का लगाउन नसक्ने सांसद् इस्तियाक अहमद खानले बताए । सोही सभाबाट सिद्धार्थनगर र सियारी गाउँपालिका, रोहीणि गाउँपालिका बाट नेपाली कांग्रेस, नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसबाट २५ जना र नेकपा एमालेबाट २५ जना राप्रपामा प्रवेश गरेको कार्यालयले जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending