Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

भारतको गुनासोपछि नेपाल प्रहरीद्वारा ४५ जना भारतीय मजदुरको उद्धार

\"\"सप्तरी, ९ असार । सप्तरीको पत्थरगाडास्थित डिपीआर इँटा उद्योगमा काम गर्ने ४५ जना भारतीय मजदुरलाई आज उद्धार गरिएको छ । बिना कुनै ज्याला र मजदुरी नदिई बन्धक बनाएर श्रम गराएको भन्दै भारतको सरकारी पक्षबाट गुनासो आएपछि उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । इँटा उद्योगका मालिकले मजदुरहरुलाई कुनै किसिमको ज्याला नदिई काम गराइरहेको भन्दै यहाँबाट भागेर गएका एक मजदुरले स्थानीय भारतीय प्रशासनमा उजुरी दिएपछि भारतीय पक्षले भारतीय दूतावासमार्फत पत्राचार गरेर सप्तरी प्रशासनलाई उद्धारका लागि आग्रह गरेको थियो । त्यसैको आधारमा सप्तरी प्रहरीले उनीहरुलाई उद्धार गरेको जनाएको छ । इँटा उद्योगका मालिकले तिनीहरुलाई काम गराउन ल्याउने ठेकेदार भारतकै विनोद रामले उनीहरुको तलब बापतको रकम लिएर गएको बताएको छ । भारतको वारिसलीगन्ज क्षेत्रका मजदुरलाई सोही क्षेत्रका रामले काम लगाइदिने भन्दै उनीहरुलाई यहाँ ल्याएका थिए । केही दिन काम गरेपछि मजदुरहरुले ज्याला माग्न थालेका थिए । तर इँटा उद्योग मालिकले ठेकेदार रामले रकम लिएर गएको र नर्फकेसम्म रकम दिन नसकिने बताएका थिए । भारतीय नागरिक बिजुली माझी, उनका ९ वर्षीय छोरा पवन माझी, १५ वर्षीया बालिका सुगमनमाकुमारी, कान्तिदेवी, कुन्दन कुमारसहित ४५ जना मजदुरलाई उद्वार गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याइएको र उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending