Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

यस्तो छ नवलपरासीको चुनावी आँकलन: कस्ले मार्ला बाजी

\"\"नवलपरासी, ११ असार । नवलपरासीमा चुनावी सरगर्मी बढदै जाँदा यहाँका उम्मेदवारहरु चुनाव आफनो पक्षमा पार्न विभिन्न शुत्र अपनाएका छन् । उम्मेदवारहरु आफनो चुनावी एजेण्डा लिएर मतदाताको घरदैलो तथा खेतखेतमै पुगी मतमागी रहेका छन् । उम्मेदवारहरु आ–आफनो तहमा भौतिक, आर्थिक र सामाजिक विकासका लागि विभिन्न आश्वासन बाडदै मतदाताहरुलाई आकर्षित गर्न खोजीरहेका छन् । जिल्लाको परासी क्षेत्रमा ३ नगरपाकिला र ४ गाउँपालिमा दोश्रो चरणको निर्वाचन हुदै छ । निर्वाचन क्षेत्र नं. ४, ५ र ६ मा गरि यि ७ वटा तहमा निर्वाच हुदै छ । सुनवल र बर्दघाटन गरपालिका जिल्लाको हाईवे क्षेत्रमा पर्दछन् भने रामग्राम नगरपालिका, पाल्हीनन्दन,सरावल, प्रतापुर र सुस्ता गाउँपालिका तराई क्षेत्रमा पर्दछन् । सुनवल नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, र माओबादी केन्द्र गरि तिन कोणिय प्रतिस्पर्धा हुने देखिएको छ । सुनवल नगरपालिका निर्वाचन क्षेत्र नं. ४ मा पर्दछ । निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ । विगत लामो समयदेखि निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसले नै किला गाडदै आएको कारण यस पटक नगरपालिकामा पनि कांग्रेसले नै बाजी मार्ने सम्भावना बढेको स्थानियले मुल्याङ्कन गरेका छन् । नगरमा कांग्रेसको मेयरका उम्मेदवार भिम बहादुर थापाक्षेत्री युवा समाजसेवी, युवा व्यवासयी र नगरको लोकप्रिय पात्र रहेको कारण पनि सुनवलको जनमत थापकै पक्षमा देखिएको छ । थापा हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य र कांग्रेसको महासमिति सदस्य पनि हुन् । थापा नगरमा नितान्त सामाजिक क्षेत्रमा क्रियाशिल भई काम गर्दै आएका छन् भने विकास निर्माणका काममा पनि सहयोग पु¥याउदै आएका छन् । थापाको समाजप्रतिको साकारात्म भावना र नगरको समग्र विकास प्रतिको चाँसोले स्थानिय थापालाई नै चुन्ने मानसिकता तयार गरेको स्थानियले बताए । त्यस्तै रामग्राम नगरपालिका पनि निर्वाचन क्षेत्र नं. ४ मै पर्ने हुँदा कांग्रेसकै गढ भएको नगरको रुपमा लिइएको छ । यस नगरमा मधेशी जनताहरुको बढि बसोबास रहेको हुँदा यहाँ मधेशवादी दल नेकपा एमाले र माओबादी केन्द्र भन्दा बलियो छ । त्यसकारण नगरमा कांग्रेसको मुख्य प्रतिस्पर्धी नगरमा फोरम नेपाल, फोरम लोकतान्त्रिक र नयाँशक्ति नेपालको गठबन्धन संग हुने देखिएको छ । यद्यपी राजपा चुनावमा भाग लिएको छैन । त्यसैगरी बर्दघाट नगरपालिकामा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुने देखिएको छ । बर्दघाटन निर्वाचन क्षेत्र नं. ५ मा पर्दछ । ५ नं. निर्वाचनमा नेपाली कांग्रेसकै सांसाद विक्रम खनाल गत संविधान सभाको निर्वाचनबाट जितेका छन् । ५ नम्बर निर्वाचन क्षेत्र पनि कांग्रेसकै पकड भएको क्षेत्र हो । यस नगरमा कांग्रेस र एमालेको ५०÷५० प्रतिशत मतदाताहरु रहेको अनुमान गरिएको छ जसकार यस नगरम यि दुईटैको कडा प्रतिस्पर्धा हुने देखिएको छ । बाकी जिल्लाको ४ गाउँपालिकाहरु पनि कांग्रेसकै पकड भएको क्षेत्रमा पर्दछन् । पाल्हीनन्दन सरावल नगरपालिका निर्वाच क्षेत्र नं. ५मा पर्दछन् भने प्रतापपुर र सुस्तागाउँपालिका निर्वाचन क्षेत्र नंं ६ मा पर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending