काठमाडौँ, भारत सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी प्रदान गरेको छ ।
आयोगको कार्यालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित गाडीमा महिन्द्रा कम्पनीको १५ वटा स्कारपिओ (जिप), टाटा कम्पनीको १५ वटा जेन्युयन पिकअप गाडी र पाँच वटा मान्जा कार रहेका छन् ।
सो अवसरमा आयोग प्रमुख कार्कीले भारत सरकारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
आयोगको संरचनागत सुधारका लागि उक्त सहयोग महत्वपूर्ण हुने विश्वास पनि उनले व्यक्त गरे ।
कार्यक्रममा राजदूत रायले भ्रष्टाचार उन्मूलनका लागि नेपालले लिएको पछिल्लो कदम सराहनीय भएको उल्लेख गर्दै नेपालको भ्रष्टाचार निवारणका लागि गरिएका प्रयासमा सघाउन भारत तत्पर रहेकाे बताए ।
सहयोगस्वरुप प्राप्त गाडीहरु धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत, दीपायलमा रहेको क्षेत्रीय कार्यालय र इटहरी, बर्दिवास, कोहलपुर, बुटवल र कञ्चनपुरमा रहेको सम्पर्क कार्यालयलाई प्रयोगका लागि दिइने आयोगका प्रवक्ता वेगेन्द्रराज पौड्यालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: