Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

खुनडाँका घटनामा संलग्न दुई पक्राउ

\"\"चितवन, १२ असार । खुनडाँका घटनामा संलग्न दुईजना अभियुक्तलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका २१ वर्षीय लक्ष्मण परियार र सोही ठाउँका २० वर्षीय नारायण विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट नगद रु ८३ हजार १४०, एक थान पेस्तोल र सोको गोली छ थान, घटनामा प्रयोग भएका ह्याम्मर एक, मोटरसाइकलको सकर रड एक थान, खुकुरी एक थान, चक्कु एक थान र पेचकस एक थान बरामद गरिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । उहाँकाअनुसार सुनको सिक्री एक, घडी तीन, सुनको मङ्गलसूत्र एक, औँठी एक, चाँदीको पाउजु दुई जोर, नाकमा लगाउने फुली दुई, पञ्चरत्न बाला दुई, सिक्री एक, कानमा लगाउने टप एक, कानमा लगाउने मुन्द्रा दुई र सुनको ढिक्का एक थान पनि उनीहरुको साथबाट बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोप लागेका पर्वत राम्जा घर भई भरतपुर महानगरपालिका–२५ दिव्यनगर ससुराली बस्ने २५ वर्षीय कृष्ण शाही ठकुरी भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक थापाले बताए । गत वैशाख ४ गते राति भरतपुर महानगरपालिका वडा नं २५ दिव्यनगरमा ३२ वर्षीय गङ्गासागर महतोको घरमा हतियारसहित जबर्जस्ती प्रवेश गरी उनीहरुले परिवारका सदस्यलाई घाइते बनाई धनमाल लुटेका थिए । उनीहरुले गङ्गासागरलाई कन्चटमा गोली प्रहार गरी गम्भीर घाइते पनि बनाएका थिए । त्यसैगरी ५५ वर्षीया साहुनी महतो र २७ वर्षीया रामकुमारी महतोलाई पनि हतियार प्रहार गरी घाइते बनाएका थिए । गङ्गासागरको उपचारका क्रममा मृत्यु भएको थियो भने साहुनी र रामकुमारी उपचारपछि घर फर्किएका थिए । घटनापछि क्षेत्रीय प्रहरी कार्यालय, हेटौँडाको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धानपश्चात् घटनाको सत्यतथ्य पत्ता लगाई लुटिएको धनमालसहित अभियुक्त पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending