Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

काठमाडौँको सडकमा सौर्य बत्ती जडान हुँदै: महानगरलाई फाइदै फाइदा

\"\"काठमाडौँ, १२ असार । काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ । यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ । महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य धमाधम अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् । महानगरले काठमाडौँको सडक झिलिमिली बनाउनका लागि वि के ट्रेर्डस एन्ड सप्लायर्सलाई सौर्य प्रणाली जडान गर्ने जिम्मा दिएको छ । दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेको छ । सार्वजनिक निजी साझेदारी अन्तर्गत सप्लायर्सले २०७३ साल कात्तिकदेखि सडकमा सौर्य प्रणाली जडान गरिरहेको हो । सो सप्लायर्सका प्रमुख रोशन श्रीवास्तवले करिब रु पचास करोडको लागतमा प्रणाली जडान भइरहेको राससलाई जानकारी दिए । महानगरलाई फाइदै फाइदा उनका अनुसार महानगर क्षेत्रमा जडान गरिएका सडक बत्ती आगामी दश वर्षपछि महानगरको स्वामित्वमा आउने छ । महानगरले उपलब्ध गराएको स्थानमा प्रवद्र्धकले प्रतिपोल रु आठ हजार ७०० वार्षिक शुल्क र विज्ञापनबापत रु सात हजार २०० महानगरलाई उपलब्ध गराउनेछ । त्यसबापत प्रवद्र्धकले सौर्य बत्तीको पोलमा विज्ञापन राख्न पाउनेछ । हालसम्म महानगरका सडकमा ५६० वटा सौर्य बत्ती जडान गरिसकिएको छ भने असार मसान्तसम्म सबै जडान हुनेछन् । हाल जडान भएको सौर्य प्रणालीमा लिथियम ब्याट्री प्रयोग भएको छ भने आगलागी प्रतिरोधक पोल राखिएको प्रमुख श्रीवास्तव बताउँछन् । दश मिनेट सामान्य रुपमा घाम लागेपनि राति बल्ने प्रणाली जडान भएको जानकारी दिँदै उनले हालसम्मकै अत्याधुनिक ‘सोलार सिस्टम’ प्रयोग भएको बताए । वर्षात्को समय कतिपय स्थानमा सडक पेटी नभएको र नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीका कारण बत्ती जडानमा केही समस्या आएको प्रमुख श्रीवास्तवले जानकारी दिए । आफूहरुले प्राधिकरणसँग पनि समन्वय गरेर काम गरिरहेको केही स्थानमा बत्ती जडानको समय विद्युत् कटौती गरेर भए पनि सहयोग हुने विश्वास राखेको उहाँको भनाइ छ । महानगरको कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर, गौशला, पुरानोबानेश्वर, चाबहिलमा सौर्य बत्ती यसअघि नै जडान भइसकेको छ । त्यस्तै कलङ्की, त्रिपुरेश्वर, थापाथली चोक, माइतीघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु,नयाँ बसपार्क क्षेत्रमा ४०० बत्ती जडान गरिनेछ । दरबारमार्ग महेन्द्र सालिक चोक, काठमाडौँ प्लाजा, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतिदेवी, बत्तीसपुतली सडकखण्ड, मैतिदेवी डिल्लीबजार पुतलीसडक खण्डमा ३०० बत्ती जडान हुनेछ । महानगरका प्रवक्ता कार्कीकाअनुसार पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शङ्खमूल पुल, तीनकुने, कोटेश्वर, जडीबुटी, नरेफाँट, पुरानो बानेश्वर, भिमसेन गोला हुँदै सिनामङ्गल चोकसम्म ३८५ वटा सौर्य बत्ती राखिनेछ । यसैगरी अनामनगर हनुमानस्थान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म २०० बत्ती जडान गर्ने लक्ष्य राखिएको छ । काठमाडौँ उपत्यकामा चर्को विद्युत्भार कटौतीको समयमा नै सौर्य प्रणाली जडान गर्ने कार्य सुरु भए पनि विविध कारणले रोकिँदै आएको थियो । तर दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन सार्कको शिखर सम्मेलनको क्रममा जडान भएका सौर्य प्रणाली बल्न बन्द भइसकेका छन् । उचित मर्मत सम्भारको अभावमा ती प्रणाली बन्द भएका हुन् । बन्द भएका बत्ती मर्मत गर्न लागिएको महानगरका प्रवक्ता कार्की बताउँछन् । सौर्य प्रणाली जडानपछि सडकबत्ती प्रयोग गरेबापत महानगरले तिर्नुपर्ने रकम समेत कम हुने महानगरको विश्वास छ । तर जथाभावी रुपमा सौर्य प्रणाली जडान गर्दा सहरी सौन्दर्य भने बिग्रने भन्दै सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् । सरकारले त्यस्ता प्रणाली हटाउन चाहे प्राविधिक मूल्याङ्कन गरेर आवश्यक निर्णय गरिने प्रवक्ता कार्कीको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending