Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न, के–के भयो दिनभरी ?

\"\"काठमाडाैं, १४ असार । स्थानीय तहको दोश्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीले बहिस्कार आव्हान गरेपनि मतदानमा कुनै अप्रिय घटना भने हुन पाएन । बिहान ७ बजेदेखि शुरु भएको निर्वाचनमा मतदाताहरु उत्साहित भएर मतदान गरेका छन् । देशका कतिपय क्षेत्रमा वर्षाले समस्या उत्पन्न गरेपनि मतदाताहरु छाता ओढेर लाइनमा बसेको देखिन्थे । मतदानका क्रममा कञ्चनपुरको भृकुटी मतदान केन्द्र र दाङको तुलसीपुरमा सुतली बम विष्फोट गराईपनि त्यसले मतदानमा भने असर गरेन । यसबाहेक केही अन्य स्थानमा भेटिएका बमहरु नेपाली सेनाले डिस्पोज गरेको थियो । बझाङ र अछाममा अशक्त नागरिकलाई मतदान गर्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच झडप भयो । यसैगरी रोल्पा नगरपालिकाको वडा नं. १० भनभने मतदान केन्द्रमा विप्लव माओवादीका समर्थकहरुले मतपत्रमा एसिड हालेर मतपेटिकामा खसालेपछि १०–१५ मत जलेका थिए । सर्वदलीय बैठकले जलेका मतहरु बदर गरी बाँकी मत गणना गर्ने र मतदान सुचारु गर्ने निर्णय गरेका थिए । आजको निर्वाचनमा लाइनमा लागेकै बेला दमक र पाल्पामा दुईजना बृद्धको मृत्यु भएको छ भने मतदान गरेर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । छिटपुट सामान्य घटनाबाहेक निर्वाचनमा हिंसा हुन पाएन । कपिलबस्तु, रुपन्देही, झापा, सुनसरीलगायतका संवेदनशील मानिएका स्थानमा समेत निर्वाचनमा उल्लेख्य सहभागिता रह्यो । प्रधानमन्त्री शेरबहादुर देउबाले असीग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका थिए । डडेल्धुराबाट फर्किंदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा रहेको गाडी सहजपुरमा दुर्घटना भएको थियो । निर्वाचन आयोगले अपरान्ह चार बजेसम्म ६२ प्रतिशत मत खसेको आधिकारिक जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending