Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

कञ्चनपुरमा ‘फर्जी मतदान’, एउटाको भोट अर्कैले हालेको पाइएपछि तनाव

\"\"कञ्चनपुर, १४ असार । बेलौरी नगरपालिकामा फर्जी मतदान भएको भेटिएको छ । नगरपालिकाको वडा नं. ३ स्थित पुष्पलाल मतदान केन्द्र खिरियामा फर्जी मतदान भएको भेटिएको हो । मतदान गर्न मतदान केन्द्र पुगेकी फुलमति रानाले आफ्नो नाममा अर्कैले भोट हालेको भेटेपछि फर्जी मतदान भएको खुलासा भएको हो । “म जाँदा अर्कैले भोट हालिसकेको छ भने, परिचयपत्र देखाउँदा पनि भोट हाल्न दिएनन् ।” फुलमतिले भनिन, “मतपत्रको अर्धकट्टी पहिला नै च्यातेर राखको थियो ।” माओवादी केन्द्रको बाहुल्यता रहेको उक्त वडामा वास्तविक मतदाताको स्थानमा अर्कैले भोट हालेको भेटिएपछि तनाव सिर्जना भएको पत्रकार रमेश भटले बताए । विवादका बीच फुलमतिलाई निवेदन लेखेर भोट हाल्न दिइएको र पाँच बजेभित्र मतदान स्थल पुगेका सबैलाई भोट हाल्न दिने व्यवस्था गरिएको छ । फुलमति रानाको मत अर्कैले हालेको पाइएपछि अरुहरुको भोट समेत त्यसरी हालेको हुन सक्ने भन्दै माओवादी केन्द्रले आपत्ती जनाएको छ । मतदान अधिकृत डम्बर सिंह खत्री नम्बरको मोबाइल स्वीच अफ गरेर बसेका छन् । मतदान अधिकृतले मोबाइल फोन समेत स्वीच अफ गरेर बस्न नमिल्ने जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनालले बताए । “हामीकहाँ यो रिपोर्ट आएको छैन । तर त्यसरी मोबाइल अफ गरेर बस्न मिल्दैन ।” एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै उनले भने । उक्त वडामा २ हजार ८ सय ७० मतदाता रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending