Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मिडियामा पञ्च नेताको सौर्यगाथा

समीक्षक तथा सम्पादक विमल आचार्यले बिहीबार साँझको बिबिसी नेपाली सेवा सुनेपछि फेसबुकमा रवीन्द्र मिश्रलाई प्रश्न गरे– ‘जाजरकोटमा त्यत्रो महामारी हुँदा पूरा कार्यक्रमभरि एक शब्द नबोलेको किन हो ?’ बिबिसीले जाजरकोट महामारीको ‘फलोअप’ देला भन्ने आचार्यले आशा गरेका रहेछन् । बिबिसीले भने बिहीबारको समाचारमा जाजरकोटबारे सम्पूर्णतः मौनधारण ग¥यो, बरु ‘नेपाल सन्दर्भ’मा एमाओवादी सचिव वर्षमान पुनसँग बागलुङमा उनको पार्टीले बेहोरेको पराजयबारे अन्तर्वार्ता प्रसारण ग¥यो । स्वाइनफ्लु महामारीबाट डेढ दर्जनको ज्यान गइसकेको र सयौँ थला परेको घटनालाई बिबिसीले प्राथमिकता दिनुपथ्र्यो भन्ने आशयसहित आचार्यले आक्रोशित भाषामा फेसबुक स्टाटस लेखेका छन् । बिबिसी वा विमल आचार्यको फेसबुक–स्टाटस एउटा सन्दर्भ मात्रै हो । मूल प्रश्न मूलधारको नेपाली मिडिया र त्यसको चरित्रको होे । केही वर्षयता फेसबुक र ट्वीटरजस्ता सामाजिक–सञ्जालको बहसलाई पनि मूलधारको मिडियामा काम गर्ने सञ्चारकर्मीहरूले नै एक ढंगले निर्देशित गरेका छन् । ‘लोकतन्त्र’मा राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चार क्षेत्रले मुलुकका ठूल्ठूला या मसिना विषय–घटनालाई सोझै र तत्कालै प्रभावित पार्न सक्ने सामथ्र्य राख्छन् । मिडियाकर्मीले ऐन–मौकामा त्यस्तो गर्दै पनि आएका छन् । दुई–तीन हप्ताअघिको प्रसंग मात्रै सम्झने हो भने डा. गोविन्द केसीको अनसन प्रकरणमा मूलधारको मिडियाले सरकारलाई उनका माग सुन्न बाध्य पार्ने गरी दबाब सिर्जना गरेको थियो । त्यसमा पत्रकारदेखि सामाजिक सञ्जालमा क्रियाशील सामाजिक कार्यकर्ताहरूसम्मले निरन्तर स्वास्थ्य क्षेत्रको चिन्ता गर्दै आफू गोविन्द केसीसँगै भएका स्टाटस, टिप्पणी, प्रतिक्रियाको लहर सिर्जना गरेका थिए ।
पञ्चायतको ‘सांस्कृतिक विरासत’लाई नै ‘राष्ट्रियता’ वा ‘राष्ट्रिय एकताको आधार’ ठानिरहेको गणतान्त्रिक राजनीति सूबथाको सौर्यगाथा हुँदै कता जाँदैछ, सजिलै अनुमान लगाउन सकिन्छ ।
गोविन्द केसी प्रकरणमा चिकित्सा क्षेत्रको व्यापारीकरणका विरोधमा, दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवाका पक्षमा र गरिखाने वर्गले सर्वसुलभ स्वास्थ्य उपचार पाउनुपर्ने हकका बारेमा फेसबुक–ट्वीटरमा एकथरी पत्रकारहरूले ‘अभियान’ जस्तै चलाएका थिए । कतिपय ‘नागरिक अधिकारकर्मी’हरूले स्वास्थ्य क्षेत्रजस्तो जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको सेवाक्षेत्र राज्यको दायित्वभित्र पर्नुपर्छ भनेर वकालत पनि गरेका थिए । राजधानीभित्र मात्रै मेडिकल कलेजलाई सम्बन्धन दिनुहुन्न भन्दै दूरदराजका जिल्लाका जनताको स्वास्थ्यमा ध्यान नदिइएकोमा आक्रोशित हुने ठूलो पंक्ति फेसबुक–ट्वीटरमा सक्रिय थियो । तर, जब साँच्चिकै जनताको स्वास्थ्य खतरामा पर्यो, जब साँच्चिकै दुर्गम क्षेत्रका जनता उपचारबाट वञ्चित भए, जब साँच्चिकै औषधि र डाक्टर दूरदराजमा पुर्याउनुपर्ने बेला आयो, अनि मूलधारका कतिपय मिडियाले मुन्टो बटार्न थाले । हिजो जनताले निशुल्क उपचार पाउनुपर्छ भन्दै चर्को नारा लगाउने ‘अगुवा’ आज अमूक पार्टी उपनिर्वाचनमा हार्यो भन्दै फेसबुकमा ‘खुच्चिङ’ लेखेर मनोरञ्जन लिइरहेका देखिन्छन् । हिजो स्वास्थ्य क्षेत्रका ‘भ्रष्टचारीहरू जेल परुन्’ भन्ने टिसर्ट बाँड्ने परोपकारीहरू आज राज्यले जाजरकोटप्रति देखाएको भ्रष्ट आचरण देखो–नदेखो गरिरहेका छन् । शिक्षण अस्पतालको प्रांगणमा लोकप्रिय जुलुस निकालेका श्वेतवस्त्रधारीहरूमध्ये को–को पुगे जाजरकोटको मुद्दा लिएर प्रधानमन्त्री निवास ? आफूलाई दुर्गमका जनताको स्वास्थ्यका पक्षमा छु भन्ने पत्रकारहरू अहिले किन मुखमा पिँडालु हालेर बसेका छन् ? उनीहरू वास्तवमै दुर्गमको जनताको स्वास्थ्यको चिन्ता गर्नेहरू थिए भने बागलुङमा अमुक पहिचानवादी हारेको खुशीमा होइन, जाजरकोटमा जनता थलिएको र मारिएको शोकमा फेसबुक स्टाटस लेख्ने थिए । उनीहरू वास्तवमै सामाजिक कार्यकर्ता वा अभियन्ता हुन्थे भने दिल्लीको मेदान्त अस्पतालमा आयु थप्न गएका पञ्चनेता सूर्यबहादुर थापाको वियोगमा रुने थिएनन्, मध्यपश्चिममा राज्यको हेलचक्राइँबाट मारिएका निर्दोष केटाकेटी–बूढाबूढी सम्झेर राज्यको उदासिनतालाई धिक्कार्ने थिए । परोपकारी पत्रकारिताको वकालत गर्दै आएका रवीन्द्र मिश्रसँग विमल आचार्यले फेसबुकमा जुन गुनासो गरेका छन्, त्यो धेरै श्रोताको चासोको विषय अवश्य हो । पछिल्ला दिनमा कवितामार्फत् भ्रष्ट व्यक्तिहरूलाई ‘पाप त एक दिन लाग्छ, लाग्छ’ भन्दै हिँडेका बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र एकजना निमित्त पात्र मात्रै हुन् । सूर्यबहादुरको सौर्यगाथा ठूला भनिएका सबै मिडियाले गाइरहेकै छन् । कम्युनिस्ट आन्दोलनका स्थापित नेताहरू पनि उनकै वियोगमा देखावटी भावुकता प्रदर्शन गरिरहेका छन् । आचार्यजीमा भने अझै पनि नेपालको मूलधारको पत्रकारिता क्षेत्रप्रति एकप्रकारको विश्वास देखिन्छ । पत्रकारिता क्षेत्रको सामाजिक सम्पर्क र पहुँच भएका एकथरी पत्रकारहरू बिस्तारै ‘नयाँ शक्ति’को घोडा चढेर राजनीतिको मैदानमा आउन खोजेका जस्ता देखिन्छन्, तर उनीहरूले कसको राजनीति गर्नेछन् भन्ने तथ्य गोविन्द केसी प्रकरण र जाजरकोट प्रकरणमा उनीहरूले देखाएको दुईथरी भूमिकाबाटै प्रष्ट हुन्छ । जाजरकोटमा ज्यान गुमाइसकेका वा मृत्युको मुखतिर धकेलिइरहेका सयौँ जनताको चिन्ता कम र पञ्च नेता सूबथाको स्मृतिमा रोदन बढी देखाउनुभित्र लुकेको राजनीति आखिर त्यही हो । पञ्चायतको ‘सांस्कृतिक विरासत’लाई नै ‘राष्ट्रियता’ वा ‘राष्ट्रिय एकताको आधार’ ठानिरहेको गणतान्त्रिक राजनीति सूबथाको सौर्यगाथा हुँदै कता जाँदैछ, सजिलै अनुमान लगाउन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: