Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वायु सेवा निगम सफलतातर्फ लम्कदैँ

\"\"काठमाडौँ, १७ असार । मुलुकको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले करिब छ दशक लामो यात्रामा विभिन्न आरोह अवरोहलाई चिर्दै सफलतातिर लम्किरहेको छ । स्थापनाको ५९ औँ वर्ष पूरा गरी हीरक जयन्ती मनाउने तयारीमा रहेको निमगले देशको राजनीतिक परिस्थिति र आर्थिक समाजिक अवस्थाका बाबजुत पनि आफ्नो व्यावसायिक क्षमतालाई दर्शाउने मार्गचित्र प्रस्तुत गरेको छ । विगत पाँच वर्षको तुलनामा निगमले गरेको प्रगति र व्यावसायिक प्रयासले निगमको आगामी सफलताको मार्ग दर्शाउँछ । गत पाँच वर्षमा अन्तर्राष्ट्रिय उडानतर्फ निगमले बोकेको यात्रु सङ्ख्या वार्षिक १७ दशमलव ६ प्रतिशतले बढेको छ । सन् २०१२ मा दुई लाख ९७६ यात्रु बोको निगमले सन् २०१६ मा यसमा बृद्धि भई तीन लाख ८४ हजार ३२७ पुगेको छ । उक्त अबधिमा सम्पूर्ण एयरलाइन्सबाट बोकेको यात्रु सङ्ख्या ४ दशमलव ७ प्रतिशतले मात्र बढेको छ । यही पाँच वर्षको अवधिमा बजार भाग मार्केट सेयर पाँच प्रतिशतबाट बढेर करिब १२ प्रतिशत पुगेको निगमले जनाएको छ । नेपालमा अहिले २६ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । त्यसैगरी गत आवको तुलनामा चालु आवको अनुमानित यात्रु सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको छ । देशको राजनीतिक परिस्थिति र सीमित स्रोत साधनका बाबजुत पनि निगम पछिल्लो समयमा सफलतातर्फ अघि बढेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताएका छन् । “सरकारी स्वामित्वका ४२ संस्थामध्ये निगम पनि एक हो । खर्बौ डलर हैसियतका २६ वटा विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्ने निगम मात्रै हो, हामी सफलताको शिखर चढ्दैछौँ, त्यसैले अन्य विकसित मुलुकका एयरलाइन्ससँग तुलना गर्न मिल्दैन”–उनलृ भने । निगमको पछिल्लो १० वर्षको तथ्याङ्क हेर्दा पहिलो आठ वर्षमा यात्रु सङ्ख्या निरन्तर रुपमा दुई लाखको हाराहारिमा थियो । ए ३२० दुईवटा नयाँ विमान थप भएपछि बढेर तीन लाख ८४ हजार तीन सय २७ पुगेको हो । नयाँ आएको ए ३२० अहिले दिनको सालाखाला १० दशमलव ६ घण्टा उडान भरिरहेको छ, जसलाई विश्वमा ‘लिगेसी करियर’ को हकमा सन्तोषजनक मानिन्छ । यो तथ्याङ्कले निगमको अवस्था सुध्रिएको भए पनि यसलाई अझै सुधार्नुपर्ने महाप्रबन्धक कंसाकार बताएँछन्। उनका अनुसार त्रिभुवन विमानस्थलबाट उद्गम भएको कूल अन्तर्राष्ट्रिय हवाई यातायात व्यापारको करिब ९० प्रतिशत हिस्सा विदेशी एयरलाइन्सको हातमा भए पनि काठमाडौँ एसियाकै सबैभन्दा महँगो हवाई गन्तव्य भइरहेको वर्तमान परिस्थितिमा सुधार ल्याउन निगमले विमान थप्दै जाने रणनीति बनाउनैपर्छ । निगमले उत्पादन क्षमता वृद्धि र व्यवस्थापन सुधार गरी प्रतिस्पर्धी बजारमा आफूलाई खरो उतार्नुपर्ने निगमकै अधिकारी औँल्याउछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies