बागलुङ, सहकारी खुल्ने क्रम बढिरहेका बेला यहाँ फरक उद्देश्यको सहकारी संस्था स्थापना भएको छ ।
नाफामुखी नभई सेवामुखी भएर काम गर्न धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी खुलेको हो । ‘वातावरण सफा राखौँ, सफा र स्वस्थ बनौँ’ नारासहित सहकारीले सेवा दिन सुरु गरेको छ ।
पचपन्न जना सेयर सदस्यबाट सुरु भएको सहकारीको प्रारम्भिक पुँजी रु २५ लाख रहेको संस्थाका अध्यक्ष सुधीर श्रेष्ठले बताए । न्युनतम रु ११ हजारदेखि माथि रु एक लाखसम्म पुँजी राख्न सकिने गरी सेयर खुला गरिएको छ । सहकारीले बागलुङ नगरक्षेत्रको फोहर व्यवस्थापनका लागि फोहर उठाउने गाडी सञ्चालनमा ल्याएको छ । \'सहकारीको मुख्य उद्देश्य फोहर व्यवस्थापन नै हो, नगरपालिका र अन्य सङ्घसंस्थासँगको सहकार्यमा काम गर्दैछौँ” अध्यक्ष श्रेष्ठले भने,\' \'फोहरलाई मोहरमा परिणत गर्ने लक्ष्य छ ।\' सहकारीले फोहरको सही व्यवस्थापनसँगै फोहरबाट पुनःप्रयोगमा ल्याउन सकिने वस्तुहरु उत्पादन गर्ने योजना अघि सारेको छ । फोहर प्रशोधन गरेर विभिन्न वस्तु तथा सामग्री तयार गर्ने र त्यसबाट आयआर्जनका क्रियाकलाप सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सुरुका केही महिना सहकारीले निःशुल्क रुपमा नगरक्षेत्रका घरदैलोमा पुगेर फोहर सङ्कलन गर्ने र त्यसको व्यवस्थापन गर्ने भएको छ । कुहिने, नकहुने, प्लास्टिकजन्य, सिसाजन्य र अन्य धातुजन्य फोहरलाई छुट्टाछुट्टै दिनमा उठाइने भएको छ । न्युनतम शुल्कमा फोहर उठाउने सहकारीले जनाएको छ । स्वच्छ र सरसफाइयुक्त नगरको लागि सहकारीले टेवा पुर्याउने ठानिएको छ । फोहर व्यवस्थापन जस्तो सेवामूलक कार्यका लागि सहकारी स्थापना हुनु सुखद् विषय रहेको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताए । \'ऋण बचतको काम गरी बढी नाफा कमाउन प्रेरित भएर सहकारी खोल्ने क्रम बढिरहेको छ\' उनले गुनासो गरे । नगरको फोहर व्यवस्थापन गर्ने, वातावरण स्वच्छ र सफा राख्ने दायित्व नगरपालिकाको भए पनि पर्याप्त काम हुनसकेको छैन । स्थायी प्रकारको ‘डम्पिङ साइड’ नहुँदा फोहर व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको छ । जनशक्ति र स्रोतसाधनको सीमितताले हप्तौँसम्म नगरको फोहर उठ्न नसक्ने अवस्था छ । युवाको सक्रियतामा खुलेको यस सहकारीले वातावरणीय सुधार र फोहर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ । सहकारीकै अगुवाइमा नगरक्षेत्रको सडक सरसफाइका लागि अभियान पनि चल्ने भएको छ । सहकारी सुभारम्भको सन्देश दिन नयाँ वर्षको दिन प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललगायत सहकारीका पदाधिकारी, सदस्य र अन्य व्यक्ति सम्मिलित भएर बागलुङ बजारको सडक सरसफाइ गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: