Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

युएइ अाएका २० नेपाली अलपत्र, दलालसँग दूतावास कर्मचारीको पनि मिलेमतो

\"\"युएइ, २० असार । राम्रो काम र भने अनुसार तलब सुबिधा हुने ग्यारेन्टी लिएर सेटिङ मार्फत भिजिट भिसामा युएइ पठाएका २० नेपालीको सडकमा बास भएको छ । काठमाडौको ठमेलस्थित (अर्थ लाइन ट्राभल्स एन्ड टुर्स प्रालि )मार्फत जनही २ लाख ५० हजार देखि ३ लाख ८० हजार रुपैयाँ सम्म बुझाएर युएइ आएका नेपाली ठगिएका मात्रै हैनन दलालको शारिरिक र मानसिक यातना सहनसमेत बाध्य भएको खुलासा भएको छ । गोप्य सुचनाको आधारमा खोजी गर्दा युएइको राजधानी अबुधाबिस्थित मुसफा ३२ भन्ने ठाउँमा ल्याइ अलपत्र पारेका नेपालीलाई ट्राभल्स कै युएइ एजेन्टले दैनिक जसो कुटपिट गर्न मानसिक यातना दिने तथा ज्यान मार्न धम्की दिने गरेको प्रमाणसमेत फेला परेपछि रहस्य बाहिर आएको हो । ट्राभल्स सन्चालक म्यानेजिङ डाइरेक्टर पबित्रा प्रकाश अधिकारी नाम गरेकी महिलाले युएइमा आफ्नो एजेन्ट बनेर काम गर्न चितवन माडी घर भएका वास्तविक नाम प्रेम पाण्डे तर सबैलाई साजन पाण्डे भन्दै परिचय गर्न ब्यक्तिलाई जिम्मेवारी दिएको स्रोतले बताएको छ । रातभरि रक्सी खाएर पीडितलाई कुट्पिट गर्न गालिगलोज तथा सेटिङमै मारेर गाड्दिने भन्दै डर त्रासमा धम्क्याएर बन्दि बनाइ राखेको भन्दै पीडितले भिडियो र एजेन्टले कुटपिट गर्दाको भ्वाइस रेकर्ड प्रमाणको रूपमा बाहिर ल्याएका छन् ।   यस्तै पीडितले आफुमाथि भएको अन्याय र ज्यादतीलाइ बाहिर ल्याइ नेपाली दूतावास अबुधाबीलाई जानकारी गराए पश्चात् दूतावासले एजेन्टलार्इ खोजी गर्न प्रहरीमा उजुरी हालेको बताएको छ भने एजेन्ट हाल फरार रहेका छन् । पीडितका अनुसार एजेन्टले आफुहरुलाइ बारम्बार ज्यान मार्न धम्की दियको तथा दूतावासका केहि कर्मचारीसँग एजेन्टको पहिलादेखि नै नियमित जसो फोन सम्पर्क हुने गरेको आफुहरुले सुन्दै आएका बताएका छन भने दूतावासमा २० हजार दिराम पैसा दिएर केस मिलाउन लगाउने र आफुहरुलाइ जेलमा हाल्ने धम्कि एजेन्टले दियको जानकारी गराएका छन । नेपालमा नै लाखै रुपैयाँ बुझाएर आएका पीडितहरुसँग युएइ आए पश्चात् १ हजार डलर देखि १५ सय डलरसम्म एजेन्टले लिएको र बारम्बार भन्दा समेत भिसा नलगाएपछि हाल १० जना अबैधानिक रूपमा रहेको जसमा युएइको नियम अनुसार तिर्नुपर्ने जरिवाना रकम १ लाख ५० हजार सम्म पुगेको गुनासो पीडितहरुले गरेका छन । हाल सम्पर्कमा आएका पीडितहरुमा कुलबहादुर केसि, लोकबहादुर डागी, बिनोद नेपाली, प्रेम प्रकाश केसी, सुरेन्द्र प्रकाश चन्द, कनार गुरुङ, तेज गुरुङ, मुकेस घले, पुर्ण बहादुर पुन, नेत्र रावत, चन्द्रबहादुर डागी ,रोसन प्रसाद श्रेष्ठ, राज कुमार श्रेष्ठ, पदम लाल ओलि, अर्जुन नेगि, झोबिन्द्र प्रसाद घिमिरे तथा सुरेस चौधरी रहेका छन् । जस मध्य अन्य केहि भागेका र केहिलाई एजेन्टले काम लगाउने भन्दै फकाएर राखेको बताएका छन् । यस्तै आज आफ्नो गुनासो र प्रमाणसहित नेपाली दूतावास अबुधाबि पुगेका २० जना पीडितले दूतावासले एजेन्टलाइ बोलाइ लिखित कागज गराइ नेपाल मा बुझाएको तथा युएइमा तिरेको सम्पुर्ण लागत रकम फिर्ता गराइ आफूहरुले तिर्नुपर्ने अबैधानिक जरिवाना समेत एजेन्टले नै तिर्नुपर्ने माग पेस गरेको जानकारी दूतावासबाटै प्रत्येक्ष फोन सम्पर्कमा पीडितले बताएका छन् । तर यता नेपालमा रहेको ट्राभल्सले भने समाचार बाहिर आयमा र आफ्नो नाम जोडिएमा एक रुपैयाँ पनि नदिने भन्दै पीडितलाई फोन गरि धम्की दिएको जानकारी पीडितले गराएका छन । \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE