आषाढ़ २१ गते, २०७४ बुधवार 5th July, 2017 Wed०६:४३:०४ मा प्रकाशित
काठमाडौं, २१ असार । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो ।
अाजको नयाँ पत्रिकामा खबर छ– अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो ।
जबर्जस्ती सम्झौतापत्र
रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए । अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ । घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालकी पत्नी रञ्जुले बताइन् ।
डा.गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् । ‘सामान्य परिवारको भएकाले घरपरिवार धान्न वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको थिएँ । एक वर्षअघि मात्रै नेपाल आएको हुँ । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तको सहयोगमा स्वास्थ्य परीक्षण गराउन मनमोहन मेमोरियल मेडिकल कलेज आएको हुँ । तर, अस्पतालले मेरो जीवन नै बर्बाद गरिदियो,’ बिरामी रिमालले भने ।
मिर्गौला निकालेको तत्काल जानकारी
अस्पताल प्रशासनले पत्थरीको अप्रेसन गर्दा मिर्गाैला फुटेकाले निकालेको पीडित परिवारलाई जानकारी दिएको दाबी गरेको छ । तर, पीडित परिवार भने मिर्गौला निकालिएपछि मात्रै जानकारी दिएको बताउँछ ।
‘हामीलाई समस्या आएकोबारे सुरुमा कुनै जानकारी दिइएन,’ पीडितका दाजु दामोदरले भने, ‘एकैचोटि मिर्गाैला निकाल्यौँ, सहमति गर्न आउनुस्, तपार्इंहरूका माग हामी पूरा गर्छौँ भने । हामी आत्तियौँ ।’ अस्पताल प्रशासनले पीडित पक्षलाई भित्र बोलाई दबाब र धम्कीका भरमा ६ बुँदे सम्झौता गर्न लगाएको दामोदरले बताए । ‘मैले केही जानेको थिइनँ, भाइलाई सुनाउँदा झन् समस्या हुने भएकाले मैले अन्जानमा हस्ताक्षर गरेको हो,’ उनले भने ।
मिर्गाैला सामान्य अवस्थामा समेत नरहेकाले निकाल्नु परेको अस्पताल प्रशासनले जनाएको छ । ‘शिवप्रसाद रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँतर्फको मिर्गौला सामान्य अवस्थामा नभई केही तल रहेकाले २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने सहमति भएअनुसार गरिएको हो । अप्रेसन गर्ने क्रममा अचानक मिर्गौलाबाट आन्तरिक रक्तश्राव भएको र वैज्ञानिक तवरबाट पनि नियन्त्रण नभएकाले ज्यान बचाउन सहमतिमै मिर्गौला निकालिएको हो,’ अस्पतालले गरेको सम्झौतापत्रमा उल्लेख छ ।
झुक्याएर गरिएको सम्झौता मान्य नहुने बिरामी शिव रिमालले बताए । ‘मेरो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । यस्तो लापरबाही गर्ने अस्पताल र सम्बन्धित चिकित्सकमाथि हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भने ।
सबै सहमति भएकाले समस्या छैन : अस्पतालका कर्मचारी
मेडिकल कलेजमा घटनाबारे जानकारी लिन खोज्दा अस्पताल प्रशासनसँग सम्बन्धित कसैले बोल्न चाहेनन् । अस्पतालका कर्मचारी जीवनप्रकाश शर्माले भने पुरानो घटना भएको र सबै सहमति भएकाले समस्या नभएको बताए ।
पीडितलाई फकाउन यस्तो सम्झौता
-बिरामीको अप्रेसनको निःशुल्क उपचार गर्ने र एउटा विशेषज्ञ चिकित्सकको टोली बनाई अस्पतालले विशिष्ट उपचारको प्रबन्ध गर्ने ।
-हाल एउटा मिर्गौलाले काम गरिरहेको अवस्थामा अर्को मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भएका कारण भविष्यमा अर्को मिर्गौलाले पनि काम नगरेमा अस्पतालले मिर्गौला प्रत्यारोपण गरिदिने ।
-बिरामीको मिर्गौला र सोसँग सम्बन्धित समस्या आइपरेमा अस्पतालले निःशुल्क उपचार गरिदिने ।
-बिरामीकी श्रीमती रञ्जु रिमाललाई १ साउनदेखि लागू हुने गरी अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र पीडित शिवप्रसाद रिमाललाई पनि उपचारपछि रोजगारी उपलब्ध गराउने ।
-बिरामीका दुई छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र स्वास्थ्य उपचारको हकमा अस्पतालका कर्मचारी परिवारसरह सुविधा दिने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: