Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

जो झिनो मतान्तरले हारे

\"\"काठमाडौं, २१ असार । स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित-हार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ । झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी भए । अहिलेसम्म गाउँ/नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो । कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी भएकी हुन् । अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित-हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई-दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । २० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन-तीन तहमा पराजित भएका छन् । एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ । त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ । कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो । कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ । त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ । ५० मतान्तरले जित-हार भएका स्थानीय तह प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रले अन्य कतिपय स्थानमा पनि ५० भन्दा कम अतान्तरले निर्वाचनमा जित-हार व्यहोरेका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा एमाले उम्मेदवार २२ मतले विजयी भए । एमाले उम्मेदवार निमीदोर्जी शेर्पाले १४ सय २४ मत र कांग्रेसका चुङवा शेर्पाले १४ सय २ मत प्राप्त गरेका थिए । वैतडीको दशरथचन्द्र नगरपालिकामा ३१ मतान्तरले कांग्रेसका उम्मेदवार नरेन्द्रसिंह थापाले निर्वाचन जिते । उनले ३७ सय ६२ र राप्रपा उम्मेदवार पुष्करराज जोशीले ३७ सय ३१ मत प्राप्त गरेका थिए । खोटाङको साकेला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार खड्का ३५ मतले विजयी भए । उनले एक हजार २० र कांग्रेसका उम्मेदवार इन्छुराम रानाले ९ सय ८५ मत प्राप्त गगरेका थिए । भोजपुरको भोजपुर नगरपालिकामा कांग्रेस उम्मेदवार कैलाशकुमार आले ३६ मतले विजयी भए । उनले ४ हजार ७० मत ल्याउनुभयो भने एमाले उम्मेदवार गणेशकुमार श्रेष्ठले ४ हजार ३४ मत ल्याएका थिए । वैतडीकै शिवनाथ गाउँपालिकामा पनि कडा टक्करबीच चुनावी नतिजा सार्वजनिक भयो । कांग्रेस उम्मेदवार करुण साउदले २३ सय ५१ मत ल्याए भने एमाले उम्मेदवार भरत मदै २३ सय १४ मत ल्याउँदै ३७ मतले पराजित भए । बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेसले ३८ मतले निर्वाचन जित्यो । कांग्रेस उम्मेदवार पदम बडुवालले २९४० मत ल्याएर एमालेका गगन रावललाई पराजित गरे । रावलले २९०२ मत ल्याएका थिए । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा एमाले उम्मेदवार डुफुकुमार बास्तोलाले कांग्रेस उम्मेदवार धनराज राईलाई ४२ मतले पराजित गरे । बास्तोलाले १६९८ र राईले १६५६ मत प्राप्त गरेका थिए । इलामको माई नगरपालिकामा एमालेले ५२ मतले निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न सफल भयो । एमाले उम्मेदवार दीपककुमार थेवेले ६ हजार ४८ र कांग्रेस उम्मेदवार विष्णुमाया आचार्यले ५९ सय ९६ मत प्राप्त गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy