Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मृत्यु हुँदा पनि राहत रकम दिएन बीमा कम्पनीले

काठमाडौं, २१ असार । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । \"\"रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा पनि त्यस्तै आशा गर्नुभएको थियो । तर आशाअनुरुप उहाँ समस्यामा पर्दा बीमाबापतको राहत रकम पाउनुभएन । खाना पकाउने ‘कुक’को जागीरे भई रोजगारीका लागि कुवेत गएको सात महिनापछि उहाँ पक्षाघातले थलिनुभयो । उच्च रक्तचाप अत्यधिक हुँदा मस्तिष्काघात भई उहाँलाई शरीरका सबै अङ्ग नचल्ने पक्षाघात भयो । कुवेतमै एक वर्ष उपचार गरे पनि बोल्न र चल्न नसक्ने अवस्थामा नेपाल फिर्ता पठाइनुभएका उहाँ के कारणले त्यस्तो भयो भन्ने समेत परिवारले अझै भेउ पाउन सकेको छैन । उहाँकी जीवन सङ्गिनी गोमा बुढाथोकीले घटनाबारे सम्झना गर्दै भन्नुभयो, “गएको सात महिना भएको थियो । उहाँले पर्सि रु तीन लाख पैसा पठाइदिन लागेको छु भनेर फोन गर्नुभयो । फोन गरेको अर्को दिन त्यस्तो भएछ ।” नेपाल आएपछि वीर अस्पतालमा र मन्थलीमा पनि नियमित रुपमा उहाँलाई स्वास्थ्य जाँच गराइँदै आइए पनि स्वास्थ्यमा कुनै सुधार आएन । टाउकाको पछाडिको भाग चिरेको थियो, घाँटीमा पाइप हालेर तरल पदार्थ मात्रै खुवाइन्थ्यो । नेपाल फर्किएको छ महिनापछि विसं २०७२ भदौ २ गते उहाँको मृत्यु भयो । स्वस्थ रुपमा गएका श्रीमान् त्यो अवस्थामा फर्किएपछि गोमाले धेरैचोटि श्रीमान्सँग के भएको हो भनेर सोध्ने प्रयास गर्नुभयो । तर शम्भुबाट कुनै प्रतिक्रिया आएन । शम्भुको न त शरीरका कुनै अङ्ग चल्थ्यो, न त बोली नै फुट्थ्यो । उहाँ केवल टोलाएर हेर्नुहुन्थ्यो, कुनै प्रतिक्रिया दिनुहुन्नथ्यो । शम्भु यस्तो अवस्थामा फर्किएपछि गोमाले बीमारी भएको आधारमा पहिलोपटक र मृत्यु भएपछि पुनः दोस्रो पटक बीमाबापत पाउनुपर्ने रकम माग दाबी गर्दै प्राइम लाइफमा निवेदन दिनुभयो । तर तीन वर्षदेखिको उहाँको प्रयासले अझै मूर्त रुप लिन सकेको छैन । नियमानुसार उपचार गर्दा पनि कामदार एक वर्षसम्म सुधार नहुने किसिमको घाइते अवस्था बीमा अवधिभित्र भएमा उसलाई बीमाले पूर्ण रकम दिनुपर्छ । तर प्राइम लाइफले बीमा नियमले यस्तो घटनामा दिन नमिल्ने भन्दै क्षतिपूर्तिबापतको रकम नदिएको गोमाले जानकारी दिनुभयो । प्राइम लाइफले पटक/पटक बीमाको पैसा दिन्छु भन्दै उहाँलाई झुक्याइरह्यो तर अहिलेसम्म दिएको छैन । उहाँले भन्नुभयो, “बीमाबापतको रकम पाइन्छ कि भनेर तीन÷चारचोटि काठमाडौँ गएँ । उल्टै भएको पैसा पनि सकियो ।” प्राइम लाइफको वैदेशिक रोजगार बीमाको क्षेत्र हेर्दै आउनुभएका अधिकृत विमलबहादुर राउतले यो घटनाबारे अनभिज्ञता प्रकट गर्दै प्रक्रिया पूरा भएर आएका सबै घटनामा आफूहरुले बीमाबापतको रकम दिने गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षमा हामी रु २० करोड जति वैदेशिक रोजगारमा गएका पीडित र उनका परिवारजनलाई दिँदै आएका छौँ । शम्भुजीको विषयमा केही प्रक्रिया पूरा नभएकाले नपाउनुभएको होला । प्रक्रिया पूरा भए नपाउने कुरै हुँदैन ।” आफूले बीमा रकम नपाएपछि यो विषयमा गोमाले बीमा समितिमा पनि उजुरी गर्नुभयो । निजी बीमा कम्पनीले त ठग्यो नै सरकारी निकायको रुपमा रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले समेत उहाँलाई पूरै क्षतिपूर्ति रकम दिएन । बोर्डबाट उहाँले रु ७५ हजार मात्रै पाउनुभयो जबकि उहाँको जस्तै घटनामा अन्य व्यक्तिले बोर्डबाट रु तीन लाखसम्म पाएका उदाहरण छन् । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग यो विषयमा सोध्दा उहाँले ‘यस्तो घटनामा पूरै रकम पाउनुपर्ने हो, किन दिइएनछ, म अफिसमा सोधखोज गर्छु’ भन्ने जवाफ दिनुभयो । शम्भुलाई नेपाल ल्याइएपछि उपचारको क्रममा भैँसीदेखि बारी बेचे पनि निको हुन नसकेको पीडा गोमालाई छ । उहाँले भन्नुभयो, “एक जनाले झारफुक गरेर सञ्चो पारिदिन्छु भनेर पाँच दिन घरमै आएर बस्यो । भदौ १ गते झारफुक गरेर रु १५ हजार लगेर त्यो मान्छे गयो । अर्को दिन भदौ २ गते उहाँ बित्नुभयो ।” श्रीमान् कुवेत जाँदा जग्गाको लालपुर्जा धितो राखी रु एक लाख ऋण लिएर गएको उहाँले जानकारी दिनुभयो । श्रीमान्को किरिया गर्दा लागेको रु ५० हजार ऋण पनि तिर्न अझै बाँकी छ । उहाँका तीन छोरी र दुई छोरा छन् । जेठी छोरीको बिहे भइसक्यो । घरमा रहेकी एउटी छोरी कक्षा १० मा, एउटा छोरा कक्षा ८, अर्की छोरी कक्षा पाँचमा र सानो चार वर्षको छोरा नर्सरीमा पढ्दैछन् । बीमाबापतको रकम आए छोराछोरीलाई धेरै पढाउने गोमाको चाहना छ । कान्छो छोरालाई काखमा च्याप्दै आँखाबाट आँसु झार्दै उहाँले प्रश्न गर्नुभयो, “छोराछोरीलाई धेरै पढाउने मन छ तर, कमाउने मान्छे बित्नुभयो । खान त छ महिनालाई मात्रै पुग्छ, कसरी पढाउने हो हजुर रु” रासस ९तस्बिर उपलब्ध छ०
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies