Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

कसरी बन्दैछ जिल्ला समन्वय समिति ?

\"\"काठमाडौं, २४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन परिणामसँगै दलहरूले जिल्ला समन्वय समिति (जिसस) गठनको गृहकार्य सुरु गरेका छन् । शुक्रबार मात्रै दाङमा एमाले र माओवादी केन्द्रले समन्वय समिति गठनका लागि तालमेलको घोषणा गरेका छन् । दलहरूले एकल वर्चश्व कायम गरेकाबाहेक अन्य जिल्लामा आफूअनुकूल तालमेलको गृहकार्य थालेका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ । ‘हामीले जिल्ला समन्वय समिति गठनको गृहकार्य थालिसकेका छौं, त्यसका लागि एमालेसँग चुनावी तालमेल गर्ने गरी पदको बाँडफाँट पनि गरिसकेका छौं\', माओवादी दाङका इन्चार्ज जीवन गौतमले भने, ‘एमालेलाई सभापतिसहित चार सदस्य, माओवादीलाई उपसभापतिसहित तीन सदस्य लिने गरी जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गरेका छौं ।\' एक सभापति, एक उपसभापति, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एक दलित वा अल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ । जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणका कामको अनुगमन तथा संघ र प्रदेशअन्र्तगतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ । त्यस्तो समितिका लागि गाउँ, नगर, उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । उम्मेदवार बन्नका लागि भने गाउँ वा नगरसभाको सदस्य निर्वाचित भएकै हुनुपर्ने व्यवस्था संविधानमा छ । २० जिल्लामा एकल वर्चश्व दोस्रो चरणमा निर्वाचन भएका ३५ जिल्लामध्ये २० वटामा जिल्ला समन्वय समिति गठन गर्दा एकै पार्टीको वर्चश्व हुने देखिएको छ । एमालेको १३, कांग्रेस पाँच र माओवादीको दुई जिल्लामा एकल वर्चश्वमा जिसस गठन हुने निर्वाचन परिणामले देखाएको छ । एमालेले रूपन्देही, पाल्पा, गुल्मी, कञ्चनपुर, डोटी, बझाङ, इलाम, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभामा एक्लै जिसस गठन गर्न सक्ने गरी गाउँ/नगरका प्रमुख तथा उपप्रमुख पदमा विजय हासिल गरेको छ । कांग्रेसले अछाम, डडेलधुरा, दार्चुला, बाजुरा र ओखलढुंगामा एकल जिसस गठन गर्नेे देखिएको छ । रोल्पा र रूकुममा माओवादीको एकल वर्चश्व देखिएको छ । पहिलो चरणको निर्वाचनमा एमालेले दैलेख, मुगु, डोल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, रसुवा, धादिङ, चितवन, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौंमा एक्लै जिसस गठन गर्न सक्ने गरी बहुमत ल्याएको थियो । कांग्रेसले सुर्खेत, गोरखा, तनहुँ, पूर्वी नवलपरासी, नुवाकोट तथा माओवादीले रुकुम र कालिकोटमा बहुमत हासिल गरेका थिए । कुन जिल्लामा कसको कति मत ? रोल्पा माओवादी १४, कांग्रेस २ र एमाले ४ रूपन्देही एमाले १७, संघीय समाजवादी ८, कांग्रेस ४, माओवादी २, लोकतान्त्रिक फोरम १, स्वतन्त्र (राजपा) १ रूकुम माओवादी ६, अन्य दल शून्य बाँके एमाले ७, कांग्रेस ६, संघीय समाजवादी २, राप्रपा १ बर्दिया एमाले ७, माओवादी ७, कांग्रेस ४ प्युठान एमाले ६, माओवादी ४, कांग्रेस ४, जनमोर्चा ४ पाल्पा एमाले १३, कांग्रेस ७ नवलपरासी कांग्रेस ७, एमाले ५, माओवादी १, लोकतान्त्रिक फोरम १ दाङ एमाले १०, कांग्रेस ८, माओवादी २ गुल्मी एमाले १७, कांग्रेस ६, माओवादी १ कपिलवस्तु कांग्रेस १०, एमाले ५, माओवादी १, संघीय समाजवादी २, स्वतन्त्र (राजपा) २ अर्घाखाँची कांग्रेस ६, एमाले ३, माओवादी ३ बैतडी कांग्रेस १०, एमाले ८, माओवादी २ सुनसरी कांग्रेस ११, एमाले ५, लोकतान्त्रिक फोरम ४, संघीय समाजवादी २ (धरान उपमहानगरपालिका परिणाम बाँकी) सोलुखुम्बु एमाले ८, कांग्रेस ४, माओवादी ४ अछाम कांग्रेस १२, एमाले ४, माओवादी ४ कञ्चनपुर एमाले १०, माओवादी ३, कांग्रेस ३ कैलाली एमाले १३, माओवादी ५, कांग्रेस ४, लोकतान्त्रिक फोरम २ (धनगढी उपमहानगरपालिका परिणाम बाँकी) डडेलधुरा कांग्रेस ९, एमाले ३, माओवादी २ डोटी एमाले ११, कांग्रेस ६, माओवादी १ दार्चुला कांग्रेस ११, एमाले ५, माओवादी २ बझाङ एमाले १७, कांग्रेस ७ बाजुरा कांग्रेस ११, एमाले ७ इलाम एमाले १६, कांग्रेस ४ उदयपुर एमाले १०, कांग्रेस ५, माआवादी १ ओखलढुंगा कांग्रेस ९, एमाले ६, माओवादी १ खोटाङ एमाले १२, कांग्रेस ७, माओवादी १ झापा एमाले १४, कांग्रेस ६, राप्रपा ४ (अर्जुनधारा, दमक र मेची नगरनगरपालिकाको परिणाम बाँकी) ताप्लेजुङ एमाले १०, कांग्रेस ६, माओवादी २ तेह्रथुम एमाले ९, कांग्रेस ३ धनकुटा एमाले १४, अन्य दल शून्य पाँचथर एमाले ८, कांग्रेस ७, माओवादी १ भोजपुर एमाले ९, कांग्रेस ५, माओवादी ४ मोरङ कांग्रेस ८, एमाले ८, माओवादी २, लोकतान्त्रिक फोरम २, संघीय समाजवादी २ (धनपाल गाउँपालिका र विराटनगर महानगरपालिकाको नतिजा बाँकी) संखुवासभा एमाले १३ कांग्रेस ९
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy