Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दुई महिनाभित्रै सबै गाउँपालिकामा ‘क’ वर्गको बैंक सञ्चालन गर्ने तयारी

\"\"काठमाडौं, २४ असार । ‘क’ वर्गका वाणिज्य बैंक नभएका गाउँपालिकाले ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाबाट कारोबार गर्न सकिने भएको छ । स्थानीय विकास मन्त्रालयले गाउँपालिका भएका अधिकांश ठाउँमा वाणिज्य बैंकको शाखा नभएकाले बजेट खर्चका लागि \'ख\' र \'ग\' वर्गका वित्तीय संस्थाबाट कारोबार गर्न मिल्ने गरि निर्देशन दिइएको हो । तर आम्दानीको खाता सञ्चालन गर्न भने सबभन्दा नजिकको \'क\' वर्गकै वाणिज्य बैंकमा खाता खोल्नुपर्ने बताइएको छ । कमजोर भौतिक पूर्वाधार भएका दुर्गम ठाउँका स्थानीय तहमा शाखा विस्तार गर्न निजी बैंकहरु तयार नदेखिएकाले प्रोत्साहन स्वरुप विशेष कार्यक्रम ल्याइन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यही असार मसान्तसम्म सबै स्थानीय तहले आ–आफ्ना बजेट बनाउनु पर्नेछ तर वित्तीय स्रोत परिचालन तथा प्रयोगबारे निकै अन्योल बाँकी छ । सरकारले ७४४ वटै स्थानीय तहमा \'क\' वर्गको बैंकको सेवा पुर्याउने योजना अगाडि सारेपनि अधिकांश ठाउँमा आवश्यक पूर्वाधार र समय अभावका कारण वैकल्पिक व्यवस्था गरि बजेट विनियोजन गर्न निर्देशन दिईएको बताइएको छन् । चार सय भन्दा बढी स्थानीय तहमा \'क\' वर्गको वाणिज्य बैंकको सेवा नपुगेको बताईएको छ । सरकारले त्यस्ता स्थानीय तहका निम्ति वैकल्पिक व्यवस्था गरेको स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए । उनले भने ‘मन्त्रालयले \'ख\' वा \'ग\' वर्गका वित्तीय संस्थासँगपनि खाता सञ्चालन गर्ने व्यवस्था गर्नको निम्ति अनुरोध गरेको छ । आम्दानीको खाता चाँही टाढा नै भएपनि \'क\' वर्गकै बैंकमा खोल्न हामीले भनेका छौं ।’ आगामी दुई महिनाभित्र प्रत्येक गाउँपालिकामा कम्तीमा एउटा \'क\' वर्गको बैंकको शाखा खोल्ने गृहकार्यमा सरकार जुटेको छ । केहि समय अघि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले निजी बैंकहरुलाई शाखा खोल्न निर्देशन दिएका थिए । तर निजी बैंकहरुले कम्तीमा ५ महिनामा मात्रै १०० तहमा शाखा विस्तार गर्न सक्ने आश्वासन दिएको छ । त्यसकारण बैंक विस्तारलाई प्रोत्साहन गर्न थप सुविधा दिनेगरि केहि दिनभित्रै जारी हुने मौद्रिक नीतिमा प्रावधान ल्याईने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । उनले भने ‘भौतिक पूर्वाधार नभएका र दुर्गम क्षेत्रमा कोही जान चाहँदैन भने केही आकर्षण त दिनु पर्यो नी, त्यसैले नपुगेका ठाउँहरुमा शाखाहरु खोल्नका लागि हामी थप केही प्रोत्साहनमुलक प्याकेजहरु आगामी मौद्रिक नीतिमा ल्याउने गरि गृहकार्य गरिरहेका छौं ।\' सरकारले बजेट कार्यान्वयनका लागि पछिल्लो व्यवस्था गरेपनि प्रस्तावित स्थानमा अन्य सडक, सुरक्षा लगायतका बन्दोबस्ती नभएसम्म सबै ठाउँमा \'क\' वर्गका बैंकका शाखा विस्तार हुन कठिन देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies