Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मोरङका पाँचसय परिवारको घरखर्च निगुरोको भरमा

\"\"पथरी (मोरङ) । मोरङ भाउन्नेका १० वर्षका दिवस पुरीलाई पनि शनिबार कहिले आउलाजस्तो लाग्छ । शनिबार उनी आमासँग निगुरो खोज्न जान्छन् र चारवटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्क तिर्छन् । पुरी मात्रै हैन उमेरले डाँडो काटेकाहरु पनि निगुरो टिपेर खाद्यान्न जोहो गर्दै आएका छन् । ६८ वर्षीया फुलमाया धिमाल विगत चार दशकदेखि निगुरोबाट नै जीवन धानिरहेका छन् । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले उनीहरुको दैनिक घरखर्च र नौ महिनाका लागि खाद्यान्नको जोहो निगुरोकै कारणले हुने भएकाले १० वर्षीय पुरी एकाबिहानै निगुरो खेज्न जङ्गलतिर हानिएका हुन् । उनी पहिले पहिले निगुरो खोजेर गाउँगाउँमा डुलेर बेच्थे । तर अहिले जति निगुरो टिपे पनि ठेकेदारले किनेर लान्छन्, उत्साही हुँदै जीउ, अनुहार चाउरी परिसकेकी फुलमायाले भनिन् । त्यस्तै, मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उनकी जीवन सङ्गीनी सोममायाको दिनचर्या अचेल निगुरो टिप्नमा नै बित्ने गरेको छ । महेन्द्र राजमार्गको भाउन्ने–लक्ष्मीमार्ग सडकखण्डमा सङ्कलन भएको निगुरो विराटनगर, धरान र विर्तामोडसम्म पुग्ने गरेको छ । ठेकदार कुमार राना भन्छन्, –‘मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ । अघिल्ला वर्ष काठमाडौँ, पोखरासमेत जाने निगुरो हाल कम सङ्कलन भएकै कारण उता पठाउन सकेका छैनौँ ।’ यहाँ सङ्कलन भएको यतै खपत हुने रानाको भनाइ छ । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले झण्डै ४५० परिवारको दैनिक घरखर्च मात्र चलेको छैन, आठ÷नौ महिनाका लागि खाद्यान्नको जोहो पनि निगुरोको कै आम्दानीले गरिदिएको छ । सो क्षेत्रबाट दैनिक ८० हजारको निगुरोको व्यापार हुने गरेको थोक बिक्रेता बताउँछन् । सामान्यतया महिला र पाकाले दैनिक १०० मुट्ठा र बालबालिकाले ५० मुट्ठा निगुरो खोज्छन् र ठेकेदारलाई १०/१५ का दरले बिक्री गर्छन् । त्यही निगुरो ठेकेदारले मुट्ठा फुटाएर चार मुट्ठालाई पाँच मुट्ठा बनाउँछन् अनि प्रतिमुट्ठा २० का दरले बेच्छन् । श्रीमानले कान्छी ल्याएपछि जीवनबाट निराश भएकी डाँगीहाट–४ मोरङकी ४८ वर्षीय पद्मामाया गुरुङ निगुरोको सहारामा जीवन धानिरहेकी छिन् । पद्मामाया भन्छिन्, –‘दैनिक ५०/६० मुट्ठा निगुरो खोज्छु । १० देखि २० रुपैयाँ मुट्ठाले बिक्री हुन्छ । दालभातका लागि भौँतारिएर हिँड्नु परेको छैन ।’ १४ वर्षीय छोरा देवराज गुरुङले आमा पद्मामायालाई भरपुर सहयोग गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy