Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मधुमेह के छ ? अब मोबाइलबाटै जाँच्नुहोस ग्लुकोजको मात्रा

\"\"काठमाडौं । के तपाँई पनि मधुमेहको बिरामी हुनुहुन्छ ? चिन्ता नलिनुस्, अब ग्लुकोजको मात्रा शरिरमा कति छ भनेर थाहा पाउन अस्पताल वा मेडिकल नै जान नपर्ने भएको छ । आफुले बोक्ने मोबाइल फोनबाट ग्लूकोजको मात्रा जाँच्न सकिने भएको छ । ओटो फोन्सले नेपाली बजारमा ओटो चेकर नामक फिचर फोन सार्वजनिक गरेको छ । जसको माध्यमले शरीरमा भएको ग्लुकोजको मात्रा जाँच्न सकिन्छ । \'ओटो चेकर तपाईको केयरटेकर संरक्षक\' नाराका साथ सार्वजनिक गरिएको सो फोनबाट व्यक्तिले आफ्नो ग्लुकोजको मात्रा आफैंले जाँचेर थाहा पाउन सकिने जनाइएको छ । ओटो मोबाइलको नेपालका लागि आधिकारिक बितरक जयमाँ इन्टरकन्टिनेन्टलले बुधवार एक कार्यक्रमका बिच आटो चेकर मोबाइल फोन सार्वजनिक गरेको हो । दक्षिण एशियाली बजारमा नै पहिलो पटक सार्वजनिक गरिएको भनिएको सो फोनले सहजरुपमा ग्लुकोज जाँच्न सकिने कम्पनीले जानकारी दिएको छ । ओटो चेकर ओटो फोन अन्तर्गतको पहिलो यस्तो सुविधासहितको फोन भएको कम्पनीको दावी छ । कसरी हुन्छ ग्लुकोज जाँच ? मोबाइल फोनमा रहेको बिशेष डिजाईनमा बनेको ग्लुको मिटरले शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मदत गर्दछ,। यो संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी संघद्धारा प्रमाणित गरिएको बताईएको छ । बायोल्यान्डद्धारा निर्मित सो बिशेष किट ओटो चेकरमा उपलब्ध रहेको र ल्यान्सिङ यन्त्र, ल्यान्सेन्ट, ग्लुकोज टेस्ट स्ट्राइप तथा प्रयोग गर्ने विधिको बारेमा जानकारी दिइएको छ । यसमा रहेको पेडोमिटरले पैदल यात्रा गर्दा कति दुरी कति पाईलामा पार ग¥यो भन्ने जानकारी पनि गराउँछ । फोनका साथमा ग्लूकोज जाँच्नका लागि ५ वटा ग्लूकोज टेष्ट स्ट्राइप निशुल्क उपलब्ध गराउने र थप ग्लूकोज टेष्ट स्ट्राइप आवश्यक परेमा ५० वटा १ हजार रुपैयाँमा किन्न सकिने जनाइएको छ । कम्पनीले बजारमा यो फिचर फोनको मूल्य ३,४९६ रुपैयाँ तोकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies