Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

एलडिओ र इन्जिनियरले रातारात जिल्ला छाडेपछि काम ठप्प

\"\"म्याग्दी । निर्माण व्यवसायीले ‘धम्की र अनावश्यक दबाब’ दिएको भन्दै म्याग्दीका स्थानीय विकास अधिकारी र इञ्जिनियरले रातारात जिल्ला छाडेपछि आर्थिक वर्षको अन्तमा जिल्ला समन्वय समितिको काम ठप्प बनेको छ । सुरक्षाको कारण देखाएर स्थानीय विकास अधिकारी प्रेमराज गिरी र जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रवीन महर्जनले बुधबार बिहान ४ बजे जिल्ला छाडेका हुन् । उनीहरुले बेनी–पाखापानी सडक आयोजनाका निर्माण व्यवसायीले अस्वभाविक बिल पेश गरेर भुक्तानीका लागि दबाब र धम्की दिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखलाई जानकारी गराएका थिए । “सुरक्षा माग गरेपछि मंगलबारदेखि जिल्ला समन्वय समिति र स्थानीय विकास अधिकारीको कार्यकक्षमा प्रहरी खटाएका थियौं” प्रजिअ पौडेलले भने – “पर्वत पुगेपछि एकाबिहानै जिल्ला छाडेर गएको जानकारी गराउनुभयो । सुरक्षा दिन्छौँभन्दा मान्नुभएन । सम्बन्धित मन्त्रालय र उहाँहरुलाई सम्पर्क गरेर जिल्लामा फर्काउने प्रयास गरिरहेका छौँ ।” योजनाको प्राविधिक मूल्यांकन प्रतिवेदन स्वीकृत गर्ने इञ्जिनियर र चेकमा दस्तखत गर्नुपर्ने स्थानीय विकास अधिकारीले आवको अन्तमा जिल्ला छाडेपछि योजनाको फरफारक र भुक्तानीका लागि आएका उपभोक्ता समितिका पदाधिकारीहरु अन्योलमा परेका छन् । नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एलडिओ र इञ्जिनियरलाई जिल्लामा फर्किएर काम गर्ने वातावरण मिलाउन सबै राजनीतिक दलहरुले प्रयास गरिरहेका बताए । जिल्ला समन्वय समितिअन्तर्गतको विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम ड्रिलिप परियोजनामार्फत बेनी–पाखापानी सडकअन्तर्गत देउराली–तोरीपानी सडक स्तरवृद्धि गर्न विसं २०७२ भदौमा भएको ठेक्का सम्झौता २०७४ असार १६ गते तोडिएको थियो । रु छ करोड १५ लाख ४९ हजार ९८४ मा सात किलोमिटर दूरीको उक्त सडक आयोजनाको काम गर्ने ठेक्का पाएको ह्युनुम एण्ड ठोक्कर नाना जेभीले पूर्व निर्धारित २०७३ भदौ २ गतेसम्म काम सम्पन्न गर्न नसकेपछि रु ५० लाख हर्जना तिराइएको छ । थप गरेको समय र जरिवानाको १०० दिनको अवधिमा समेत काम सम्पन्न गर्न नसकेपछि ठेक्का तोडेर गरेको कामको मात्र भुक्तानी दिने अडान समन्वय समितिले लिएको थियो । निर्माण कम्पनीका ठेकेदारले पेश गरेको बिलका आधारमा भुक्तानी पाउनुपर्ने दाबी गर्दै आएका छन् । समन्वय समितिले एकतर्फी रुपमा असार २६ गते १६ गतेको मिति राखेर ठेक्का तोडेको निर्णय गरेको कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए । “गरेको काम र पेश गरेको बिलको प्राविधिक मूल्यांकन गरेर भुक्तानी पाउनुपर्छ”, कार्कीले भने – “हामीले दबाब र धम्की दिएका छैनौँ ।” कम्पनीले रु एक करोड एक लाख बराबरको भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । रासस र, यो पनि

ठेकेदारले ज्यान मार्ने धम्की दिएपछि एलडिओ र इन्जिनियरले जिल्ला छाडे

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending