आषाढ़ ३० गते, २०७४ शुक्रवार 14th July, 2017 Fri०९:३९:०९ मा प्रकाशित
इतिहासमा पहिलो पटक राजनीतिक अन्यौलता र केही छिटफुट घटनाका बीच स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । यसलाई पहिलो पटक किन भनिएको हो भने पहिलेको जस्तो अधिकारविहीन नभएर स्थानीय तहलाई शक्तिशाली बनाएर निर्वाचन सम्पन्न भएको हुँदा पहिलो पटक भनिएको हो । यसले जनतामा खुशी उत्पन्न गराएको छ । सानोतिनो कामका लागि पनि सदरमुकाम वा राजधानी नै पुग्नुपर्ने बाध्यताबाट जनताले अब मुक्ति पाउने छन् ।
सिंहदरबारमा हुने काम अब गाउँमै हुने भएका छन् । यसका साथै जवाफदेही नेतृत्वसमेत स्थानीय तहमा स्थापित भएको छ । यस नेतृत्वले विकास निर्माणको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने छ । स्थानीय तहमा जो विजय भए पनि सर्वसुलभ रुपमा जनताले सेवा उपभोग गर्न पाउने व्यवस्था हुनेछ । कसले जित्यो कसले हार्यो, त्यो चर्चाको विषय रहेन । यहाँ मात्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचनमा प्रचण्ड र माओवादीको योगदान बारे चर्चा गरिन्छ ।
२००७ सालदेखिको जनप्रतिनिधि संविधान बनाउने जनताको चाहनालाई २०५२ सालबाट जनयुद्धको थालनी गरेको माओवादीले २० वर्षको अवधिमा पूरा गरिदियो । त्यसमा एक किसिमको जोखिम प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा– माओवादीका नेताहरुले लिए । अन्य दलले पाँच दशकमा पनि गर्न नसकेको काम माओवादीले २ दशकमै पूरा गरिदियो । प्रचण्डको त्याग, साहस तपस्या र १७ हजार सहिदको बलिदानीबाट संविधान सभाको जन्म भयो । दुखद बिषय, पहिलो संविधान सभाले जनतालाई संविधान दिन सकेन । माओवादीको नेतृत्वमा सरकार रहँदैगर्दा संविधान सभाको अवसान हुन पुग्यो । सबैभन्दा ठूलो पार्टीको हैसियतले त्यसको सबैभन्दा बढी आलोचना र कारवाही माओवादीले भोग्यो । त्यसै कारण दोस्रो संविधान सभाको चुनावमा माओवादीलाई जनताले तेस्रो शक्तिको हैसियतमा झारिदिए । तर पनि प्रचण्डले देश र जनताप्रति आफूले गर्नुपर्ने योगदान बिर्सिएनन् । जनमतको कदर गर्दै संसदको तेस्रो शक्तिको दलको नेतृत्वकर्ताको हैसियतमै रहेर भए पनि संविधान सभाबाट संविधान बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरी संविधान ल्याए । संविधान निर्माणलाई काङ्ग्र्रेस एमालेले सत्तासँग बार्गेनिङ गर्दैगर्दा उच्च र महत्वपूर्ण पद (राष्ट्रपति र प्रधानमन्त्री) उनीहरुलाई जिम्मा लगाउने सम्झौता गरेरै भए पनि संविधान जारी गराइछाडे । त्यो उपलब्धि समग्र जनताको विजय यात्राको सुरुवात थियो ।
स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनसँगै अब संविधान पनि कार्यान्वयनको बाटोमा अघि बढेको छ । प्रचण्डको योगदानमा देश र जनताको जित भएको यो इतिहास स्वर्ण अक्षरमा इतिहासका पानाहरुमा लेखिने छन् । यसको सबैभन्दा बढी जस प्रचण्डले पाउनेछन् । निर्वाचन नगराउन बाहिरी शक्तिबाट हर प्रयास भयो । तर, निर्वाचनलाई अन्तिम समयसम्ममा कसैले रोक्न सकेन । पहिलो निर्वाचनको मिति घोषणा गर्दैगर्दा वैशाख ३१ पात्रोमा छैन भन्नेदेखि लिएर निर्वाचन सम्पन्न भएमा राजनीति नै गर्दिनँ भन्नेहरु समेत थिए । तर ती सबै हर्कत प्रचण्डको निर्णयलाई गिजोलेर निर्वाचन भाँड्ने असफल प्रयास मात्र थियो, जुन अन्तिम समयमा आएर असम्भव सावित भयो ।
राजनीतिलाई पेसा बनाएर देशलाई लुट्न पल्केकाहरुले परिवर्तन पक्षधर प्रचण्डविरुद्ध अनेकौँ जालझेल रचे । सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिक जस्ता प्रगतिशील एजेन्डा असफल बनाउन माओवादीप्रति अनेकौँ प्रयास भयो । तर, प्रचण्डपथको अघि तिनको केही लागेन । देशलाई जिताउने अभियानमा लागिरहँदा प्रचण्डका केही कमी कमजोरी भए होलान्, केही विषयमा काङ्ग्रेस एमालेसँग हारे होलान् । त्यसैको परिणामस्वरुप देशले जितेको छ । प्रचण्डले आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेर संविधान जारी गराएपछि आफैले सरकारको नेतृत्व गरेर संविधान कार्यान्वयनको बाटो खोले । सरकार गठनकै समयमा दोस्रो चरणको निर्वाचन देउवाले गराउने मोटामोटी सहमती भएको खबर बाहिर आएको थियो त्यसै अनुरुप दोस्रो चरणको निर्वाचन देउवाले सम्पन्न गराए । निर्वाचन जसले गराए पनि त्यसमा प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेकै थिए । प्रचण्डले जस्तै शान्तिपूर्ण वातावरणमा देउवाले पनि निर्वाचन सम्पन्न गराए ।
[caption id=\"attachment_142279\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption]
शान्ति प्रकृयामा आएपछि पार्टीभन्दा माथि उठेर देश र जनताका लागि लड्दै गर्दा स्वयम् आज प्रचण्डले नेतृत्वगरेको पार्टी चार टुक्रामा विभाजित भइसकेको छ । एक चरणको सङ्घर्ष पश्चात् प्रचण्डपथसँगै देश र जनताको जित भइसकेको छ । अब उनले पार्टी सङ्गठनलाई ध्यान दिएर अघि बढ्नु जरुरी देखिन्छ । एजेन्डामा माओवादी र प्रचण्डको जित भइसकेको छ संघियता लाई बाख्राको टाउकोमा भैसीको सिङ र गणतन्त्रलाई बयलगाडा भन्नेहरुले समेत आज गणतन्त्र र संघियता स्वीकार गर्नु नै माओबादी एजेण्डाको जित हो । अन्य दलहरुले जे भने पनि उनीहरुले माओवादी र उसको एजेन्डालाई स्वीकार गरिसकेका छन् । त्यो नै माओवादी र प्रचण्डको जित हो । अझ प्रचण्डकै नेतृत्वमा स्थानीय तहको निर्वाचन भएपछि त झन् जनयुद्धको औचित्यमाथि प्रश्न उठाउनेहरुलाई पनि गतिलो जवाफ भएको छ ।
युद्धरत अवस्थादेखि नै चलेको दुई लाइन सङ्घर्षलाई बेलैमा स्थायी रुपमा समाधान गर्न नसक्दा शान्ति प्रकृयामा आइपुगेको केही समयमा माओवादी पार्टी विभाजनको शिकार हुन पुग्यो । पदका लागि नेतृत्वको चाकरी गर्ने प्रवृत्ति मौलाउँदै जानु, बहुमतमा रहेकाहरुले अल्पमतमा रहेकाको विचारलाई कम महत्व दिनु, अधिकांश नेता पुँजीवादमा फस्नु तथा नेतृत्वले कार्यकर्ताको संरक्षण गर्न नसक्नुले पनि शान्ति प्रक्रियामा आएको छोटो समयमै माओवादी पार्टीको अस्थित्व सङ्कटको मुखमा पुगेको सत्य हो ।
आन्तरिक सङ्घर्षलाई उचित रुपले स्थायी रुपमा व्यावस्थापन गर्न नसक्दा माओवादी पार्टी विभाजित हुन पुगेको स्वयम् माओवादी नेताहरु नै स्वीकार्छन् । दुई लाइन सङ्घर्षको नाममा पार्टीभित्र गुट उपगुट मौलाउँदै जाँदा त्यसले पार्टीलाई कमजोर र गुटको नेतृत्व गर्नेहरू पार्टीमा स्थापित हुँदै गए अन्ततः त्यसैको कारण पार्टी विभाजनसम्म पुग्यो । शान्ति प्रकृयामा आउँदा नयाँ शक्तिका रुपमा माओवादी उदाएको थियो । उसका एजेन्डा नयाँ थिए, पार्टी नयाँ थियो नेतृत्व नयाँ थियो ।
पटक–पटक एजेन्डा सधैँ नयाँ आइरहँदैनन् । कम्तीमा पनि सही राजनीतिक एजेन्डा लागू हुन दुई दशक कुर्नै पर्छ । अनि मात्र त्यो एजेन्डाले समाजलाई प्रगतिशील बाटोमा डोर्याएन भने नयाँ एजेन्डा जन्माउन सकिन्छ । छोटो समयमै नयाँ–नयाँ एजेन्डा बनाइयो भने त्यसले देशलाई अस्थिरताको बाटोमा धकेल्छ र सम्बन्धित पार्टीलाई पनि त्यसले हानि पुर्याउँछ । प्रचण्डको नेतृत्वमा राजनीतिक क्रान्ति भर्खरै सम्पन्न भयो भन्दा अब फरक पर्दैन । त्यसैले अब प्रचण्डले आफ्नो पार्टीको सङ्गठनलाई पुनर्गठन गरेर अघि बढ्नुपर्ने समय आइसकेको छ । पहिलो संविधानसभाको निर्वाचनपछि नै पार्टीलाई विभाजनबाट जोगाएर साङ्गठानिक संरचनालाई हेरफेर गरी अघि बढेको भए सायद अहिले माओवादी तेस्रो शक्तिमा खुम्चिनु पर्दैन थियो । अब पनि सङ्गठनमा ध्यान दिइएन भने माओवादीको अवसान कसैले रोकेर रोक्न सक्ने छैन । एउटै व्यक्तिबाट सबै कुराको परिवर्तन सम्भव हुँदैन । यदि कसैले त्यस्तो आश राख्छ भने त्यो उसको मुर्खता मात्र हो ।
पहिलो संविधान सभामा माओवादीलाई जनताले मत दिएर संसदको सबैभन्दा ठूलो शक्ति बनाएकै हुन् । तर, माओवादीले उक्त जनमतलाई थाम्न सकेन त्यसैले थिच्यो उसलाई । राजनीतिक परिपक्वताको कमीले गर्दा माओवादीले पहिलो संविधान सभामा असफलता बेहोर्नुपर्यो । त्यसबाट पाठ सिकेर दोस्रो संविधान सभा रहँदै गर्दा देशलाई दुरगामी फाइदा पुग्ने काम गरिरहेको छ । अझ भन्दा प्रचण्डको एउटा बोल्ड डिसिजनले देशलाई उज्यालोतर्फ डोहोर्याइरहेको छ । माओवादीको एजेन्डामा देश र जनताले जितेका छन् । प्रत्येक जात, जाति, भाषा, धर्म, समुदायका मानिसले हरेक क्षेत्रमा आफ्नो अधिकार पाएका छन् । देश आर्थिक क्रान्तिको बाटोमा अघि बढ्दै छ । यहाँ आइपुग्दा माओवादीको एजेन्डामा देशले जितिसकेको छ । अब प्रचण्डले आफ्नो पार्टीलाई एकताबद्ध बनाएर जनविश्वासलाई मजबुत बनाउँदै एक नम्बर पार्टीका रुपमा माओवादीलाई स्थापित गर्नेतिर लाग्नुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: