Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

पचास पैसाबाट सुरू भएको पूँजी पुग्यो दुई अर्ब पचास करोड

\"\"चितवन । छब्बीसजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले रु दुई अर्ब ५० करोडको पूँजी भएको छ । विसं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकममात्रै रु २२ करोड भएको छ भने निक्षेप रु दुई अर्ब र लगानी पनि रु दुई अर्ब पुगेको छ । संस्थाको पूँजीमात्रै बढेको होइन, यसका सदस्यले पनि करोडौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यस्ता प्रशस्त उदाहरण भेटिन्छन् जसमध्ये एउटा पात्र हुन् गैँडाकोट नगरपालिका वडा नं १४, अमरापुरीका धनपति शर्मा ज्ञवाली । दायाँ हात गुमाउनुभएका ज्ञवालीले कतैबाट पनि ऋण नपाएपछि बिकु सहकारीमा पुगे । उनको आफ्नै कथा छ, हात नभएकालाई कसले ऋण दिन्छ भन्ने ठूला बैंकको जवाफपछि गैँडाकोटकै बिकुमा उनी पुगेका थिए । विसं २०६३ मा उनको एक टुक्रा घडेरी थियो । त्यसको पनि ऋण तिर्न बाँकी नै थियो । अपांग भए पनि साहस लिएर बिकु पुगेका उनले कुखुरापालनका लागि सहजै रु दुई लाख ऋण पाए । आज उनीसंग करोडौँ रुपैयाँको सम्पत्ति छ । यसको श्रेय बिकु सहकारीलाई जान्छ । “मैले लाखौँ रुपैयाँ बिकुसँग ऋण लिएँ, कुखुरापालन गरेँ र आम्दानीबाट जग्गा पनि किनेँ,” उनले भने– “अहिले मेरो ऋण छैन, कुखुरा पालेको ठाउँमा पाँच कट्ठा १० धुर जग्गा छ, बिक्री ग¥यो भने रु दुई करोड आउँछ, अरु ठाउँमा पनि केही घडेरी छ, बिक्री गर्दा रु ५० लाख आउला ।” यो सबै सम्पत्ति आर्जन गर्न उनलार्इ बिकु सहकारीले नै साथ दिएको हो । धेरै युवालाई करोडपति बनाएको बिकु सहकारीको शुरुवात विजय युवा क्लब क्रेडिट युनियनबाट भएको हो । पछि सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ अन्तर्गत २०५० सालमा जिल्ला सहकारी कार्यालय, नवलपरासीमा दर्ता भएको थियो । यस अभियानमा जुट्ने युवा २०३६ सालबाटै संगठित भएर समाजसेवामा जुटिरहेका थिए । उनीहरुलाई विजय युवा क्लबले संस्थागत वनाएको हो । शुरुमा विजय युवा क्लब पुस्तकालयका रुपमा स्थापना गरिएको थियो । यसको उद्देश्य चेतना फैलाउने र समाजको रुपान्तरणका लागि युवा परिचालन गर्नु रहेको संस्थाका उत्प्रेरक तथा समाजसेवी तिलकप्रसाद सापकोटाले बताए । उक्त क्लब विजय विकास स्रोत केन्द्रका नामले देश र विदेशमा परिचित छ । यसले बिकुजस्तै छवटा संस्था जन्माएको छ । बिकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलका अनुसार अहिले यस संस्थाले १० वटा सेवा केन्द्रमार्फत जिल्लाका विभिन्न ठाउँमा सेवा दिँदै आएको छ । संस्थाले एशियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घद्वारा सञ्चालित एक्सेस कार्यक्रमको दोस्रो ब्याचमा सहभागी भई एशियास्तरको ब्राण्ड प्राप्त गरिसकेको पौडेलले बताएका छन् । संस्थाले एसएमएस बैंकिङमात्रै होइन, एटिएम कार्डबाट स्वाइप गरी रकम निकाल्न सकिने सेवा पनि सञ्चालन गरेको छ । संस्थाले ३६५ दिन नै बैंकिङ सेवा, सन्ध्याकालीन काउन्टर सेवा, विद्युत्को बिल भुक्तानी सेवा, मोबाइल काउन्टर सेवा, ट्याबलेट बैंकिङ सेवा र वित्तीय परामर्श सेवा पनि दिँदै आएको छ । विजय विकासका अध्यक्ष एवं बिकुका संस्थापक अध्यक्ष खेमराज सापकोटा विगतको स्मरण गर्दै भन्छन्– “शुरु शुरुमा ५० पैसाले विकास गर्छौं भन्ने एक मोहोरे विकास भनेर हाम्रो खिल्ली उडाउने गर्थे । तर हामी निराश भएनौँ, अभियान जारी राख्यौँ ।” –“हामीले भन्दै गयौँ – एक कप चिया घटाउनुहोस् हामीलाई ५० पैसा दिनुहोस्, हामी सभ्य समाज निर्माणमा सहयोग पु¥याउँछौँ ।” विजय विकास स्रोत केन्द्रका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालका अनुसार केन्द्रले बिकुसँगै विजय सामुदायिक शिक्षा सदनमार्फत नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ गरिरहेको छ । विजय सूचना तथा सञ्चार सहकारीमार्फत विजय एफएम सञ्चालन गरिरहेको छ । विजय लघुवित्त वित्तीय संस्थामार्फत देशका विभिन्न ठाउँमा वित्तीय सेवा दिइरहेको छ । पछिल्लो समय विजय कन्सल्टिङ कम्पनी प्रालि र विजय फाउण्डेशन नेपालमार्फत सामाजिक सेवा गर्दै आएको छ । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका लम्सालका अनुसार केन्द्रले अहिले पनि ४४ जिल्लामा कृषिसँगै अन्य कार्यक्रम लिएर समाज रुपान्तरणको काम गर्दै आएको छ । विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरका अनुसार केन्द्रले प्रवद्र्धन गरेका संस्था स्वायत्तरुपमा सञ्चालनमा छन् । यी संस्थामार्फत एक लाखभन्दा बढी प्रत्यक्षरुपमा लाभान्वित भएको मानन्धर बताउँछन् । नयाँ नयाँ संस्था गठन गरी समाजको आवश्यकता पूर्ति गर्न केन्द्र लागिपरेको उनको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy