आषाढ़ ३१ गते, २०७४ शनिवार 15th July, 2017 Sat१४:५५:४१ मा प्रकाशित
सन्धिखर्क। अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ताका व्यक्ति रहेका छन् । जिल्लामा वार्षिक करिब रु सात करोड मूल्य बराबरकोे दूध उत्पादन हुने गरेका छन् । तीमध्ये अधिकांश दूध जिल्लामै खपत हुने गरेको र बाँकी छिमेकी जिल्ला पाल्पा एवम् गुल्मीमा निर्यात हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेलले जानकारी दिएका छन् ।
उनले जिल्लाका विभिन्न ठाउँमा रहेका दुग्ध संकलन केन्द्रमा दैनिक चार हजार लिटर दूध संकलन हुने गरेको बताउँदै पशुपालन व्यवसायमा लागेका कृषकलाई कार्यालयले विभिन्न अनुदान तथा प्राविधिक सेवामा निरन्तर सहयोग पु¥याएको छ भनेका छन्।
“उत्पादन र बजारीकरणलाई सँगसँगै व्यवस्थापन गरेर लैजानुपर्छ’ पशु चिकित्सक पौडेलले भने,” यसका लागि कार्यालय जुनसुकै सहयोग गर्न पनि तयार छ ।’
जिल्लाको किमडाँडा, मेरङ अर्घातोष, पटौटी पणेना पोखराथोक, ढाडमैदान, डिभर्ना चिदिकालगायतका क्षेत्रमा दूध संकलन गरी बिक्री हुँदै आएको छ । सन्धिखर्कमा मात्रै दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ । मेरेङ अर्घातोषको दूध गुल्मी निर्यात हुन्छ भने पटौटी पणेनाको दूध पाल्पा निर्यात हुन्छ । सदरमुकाम सन्धिखर्कमा बढी मात्रामा दूध उत्पादन भएपछि यहाँका कृषकले चिलिङ भ्याट (चिस्यान केन्द्र) स्थापना गरेर दूध संकलन गर्न थालेका छन् ।
चिस्यान केन्द्र स्थापना भएपछि यहाँ दुग्ध कृषकमा खुसियाली छाएको पशुसेवा कार्यालयका प्राविधिक गुरुप्रसाद भुसालले बताएका छन् । चिस्थान केन्द्र नहुँदा कृषकले दूध स्टक गरेर राख्न पाएका थिएनन् । अब भने सन्धिखर्कको दूध चिस्यान केन्द्रमा जम्मा गरेर कपिलवस्तु निर्यात हुनथालेको भुसालको भनाइ छ ।
“जिल्ला पशुसेवा कार्यालयको एक लाख अनुदान र लक्ष्मी गाईपालन तथा दुग्ध उत्पादन बिक्रीवितरण संस्था किमडाँडाको एक लाख गरी दुई लाखको लागतमा स्थापना भएको सो चिस्यान केन्द्र पाँच सय लिटर क्षमताको छ । यसमा ७२ घण्टासम्म दूध राख्न सकिन्छ ।
‘किसानले उत्पादन गरेको दूध खेर जाने अवस्थामा थियो’ लक्ष्मी गाईपालन समूहका अध्यक्ष धर्मराज बञ्जाडेले भने ‘ चिस्यान केन्द्र स्थापना भएपछि धेरै राहत हुने आशा लिएका छौंँ ।’
व्यवसायीक रुपमा पशुपालनमा लागेका किसानलाई राज्यले उपयुक्त सेवा र सुविधा प्रदान गर्न सके यसले बजार माग मात्र पूरा गर्दैन्, युवा स्वरोजगार भई गाउँकै मुहार फेर्न सकिन्छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: