Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

यस्तो आयो बाबुराम र उपेन्द्रको सयुक्त विज्ञप्ति

\"\"काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालले सयुक्र विज्ञप्ति जारी गरेका छन् । आइतवार संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले २४० निर्वाचन क्षेत्र स्वीकार्य नहुने बताएका छन् । त्यस्तै उनीहरुले संविधान संशोधन प्रक्रियालाई तत्काल टुंगो लगाउन आग्रह गरेका छन् । संविधान संशोधनले मात्र आगामी निर्वाचनका लागि सहज वातारण बनाउने आग्रह गरेका छन् । यदि उक्त विषयलाई चाडै नटुङ्ग्याए गम्भीर राजनीतिक संकट आउन सक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । सयुक्त विज्ञप्तिमा भनिएको छ ‘लामो संघर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता आदिजस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि स्वीकार्य हुने छैन ।’ ‘पहिलेदेखि नै तीनवटै निर्वाचन एकै चरणमा हुनुपर्ने विषय उठाउँदै आएको सर्वविदितै छ तर पनि पहिले स्थानीय तहको निर्वाचन गरियो । स्थानीय तहको निर्वाचनपछि स्वतः प्रदेशको चुनाव सम्पन्न गर्नु नै सान्दर्भिक र उपयुक्त हुनेछ । संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरी संघीय व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० निर्वाचन क्षेत्र अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले प्रदेशको चुनाव पहिले गरियोस ।’
संयुक्त प्रेस वक्तव्य
१. देशमा विद्यमान राजनीतिक समस्याहरुको समाधानको लागि पहिलेदेखि नै अल्झिएर थाँति रहेको संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षहरुसँग तत्काल वार्ता गरेर टुङ्गो लगाउन पहल गरिनु पर्दछ । सदनमा समेत टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरी टुङ्ग्याएर मात्रै आगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्नेछ । अन्यथा यो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्नेछ ।
२. नेपाली जनताले लामो संघर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता आदिजस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुने छैन । हामीले पहिलेदेखि नै तीनवटै निर्वाचन एकै चरणमा हुनुपर्ने विषय उठाउँदै आएको सर्वविदितै छ तर पनि पहिले स्थानीय तहको निर्वाचन गरियो । स्थानीय तहको निर्वाचनपछि स्वत: प्रदेशको चुनाव सम्पन्न गर्नु नै सान्दर्भिक र उपयुक्त हुनेछ । संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरी संघीय व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० निर्वाचन क्षेत्र अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले प्रदेशको चुनाव पहिले गरियोस ।
३. राज्यको पुनर्संरचनामा प्रवेश गरिसकेर स्थानीय तहको निर्वाचन समेत भइसकेको अवस्थामा फेरि उही पुरानै संसदीय निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि हालतमा पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा हामीलाई मान्य हुने छैन । यसले संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य शुरु गरियोस् । राज्य पुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धीहरुबाट पछि हट्न पाइने छैन र राष्ट्रिय एकतालाई असर पार्ने कुनै पनि कार्य हामीलाई स्विकार्य हुने छैन ।
––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक,
नयाँ शक्ति पार्टी, नेपाल
––––––––––––––––––––––
(उपेन्द्र यादव)
अध्यक्ष,
सङ्घीय समाजवादी फोरम, नेपाल 
२०७४ साउन १ 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending