Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

गृहमन्त्री शर्माले देखेका ‘टोपाराम’ प्रहरी को हुन् ?

\"\"काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल प्रहरीका एआईजी, डिआईजी र एसएसपी पदमा भएको बढुवा सिफारिस संगठनको हितमा भएको बताएका छन् । आईतबार ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा अयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले भने, ‘बढुवा गर्दा कत्तिपय ब्यक्ति विशेष मर्कामा परेका छन्, त्योकुरा मलाई थाहा छ ।’ प्रहरीलाई संस्थागत रुपमा बढुवाले न्याय गरेको उल्लेख गर्दै उनले भने, ‘ ब्यक्तिलाई अन्याय परेको होला, नियतबश अन्याय गरेको छैन, समस्या र परिस्थतीले सवै ब्यक्ति सिमित कोटामा पर्न सकेनन् ।’ ‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ’ उनले भने, ‘कसैलाई मर्का परेको होला फेरी पनी सम्वोधन गरौंला ।’ धेरै जवान र अधिकृत बाट गराईरहेको काम एउटा प्रविधीले गर्न सक्ने अवस्था आइको उल्लेख गर्दै उनले संगठनको स्वरुप बदल्नुपर्ने आवश्यकता रहेको बताए । ‘आज हामीलाई प्रविधीयुक्त स्मार्ट पुलिसिङ आवश्यकता छ’ उनले भने, ‘अहिले प्रविधि प्रयोगको सामान्य अवस्थामा तत्कालै हामीलाई प्रविधीयुक्त प्रहरी बनाउनु पर्ने छ ।’ प्रविधीयुक्त प्रहरीले मात्र प्रहरीको ड्युटी पुरा गर्न सक्ने उल्लेख गर्दै मन्त्री शर्माले जनताको पहिलो सहारा प्रहरी भएको बताए । ‘प्रहरीसम्म जनताको पहुँचलाई पु¥याउने सवालमा हाम्रा समस्याहरु छन्, अझैपनी कत्तिपय स्थानमा हाम्रो समाजमा पुलिस भनेपछी भाग्नुपर्ने अवस्थापनी छ’ उनले भने, ‘जनताको प्रत्यक्ष पहुँचमा हामी पुग्नका लागी प्रविधी मुख्य कुरा हो, हाम्रो ब्यवसायिकता र पादरर्शीतालाई प्रविधीले नै सुदृढ बनाउँछ ।’ प्रहरीका संगठनका लागि आवश्यक केही थप ऐन कानुनको आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षाको सन्दर्भमा नयाँ ढंगले परिभाषित र परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘समयको गतिशिलतासँगै नियमकानुन, हाम्रो माईन्ड सेट र काम गर्ने तरिकामा पनि परिवर्तन आवश्यक छ’ उनले भने । अबको प्रहरी ‘टोपाराम’ ले पुग्दैन गृहमन्त्री शर्माले आफुले बाल्यकालमा सबैैभन्दा पहिला टोपाराम ठान्दार नामको प्रहरी देखेको स्मरण गर्दै अवको समयमा टोपाराम ठान्दारले मात्र नपुग्ने बताए । ‘मैले सवैभन्दा पहिले देखेको प्रहरी टोपाराम ठान्दार स्मार्ट थिए, त्यतिवेला तिनी ठिक थिए तर आज टोपाराम ठान्दारले पुग्छ त ?’ उनले भने, ‘हिजो टोपाराम देख्दा मान्छे भाग्थे तर अहिलेको प्रहरीले जनतालाई नजिक ल्याउनु पर्ने छ ।’ साईबर क्रामईम कसरी नियन्त्रण गर्ने भन्नेबारे श्रिलंकामा भर्खरै सम्पन्न गृहमन्त्री स्तरीय बैठकमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘साईबर क्राईम नियन्त्रण गर्नेबारे हामीले निर्णय गरेका छौं, एक देशले अर्को देशलाई कसरी सहयोग गर्ने भन्नेबारे पनी छलफल भएको छ ।’ नेपाल प्रहरीको कम्युटर शाखा र सञ्चार शाखालाई समन्वयन गर्न सकिने उल्लेख गर्दै त्यसका लागी योजना बनाएर ल्याउने उनले निर्देशन दिए । प्रोपोगान्डा बन्द गर्नुस ! ‘प्रहरीमा कम्युटर र सञ्चार बाहेक अर्को एउटा शाखा छ, हरेका उपल्ला स्तरका प्रहरीले सञ्चालन गर्ने प्रोपोगान्डा शाखा’ उनले भने, ‘त्यो शाखा बाहिर छ हरेकका आफ्ना अफिस र कर्मचारी छन्, त्यो शाखा बन्द गर्नुस चलाउन पाईदैन ।’ \"\" जनतालाई आवश्यक सुचना प्रहरी प्रधान कार्यालयबाट तत्काल दिन निर्देशन दिँदै उनले भने, ‘सुचना दिने भनेको जनतालाई हो, पत्रकार माध्यम मात्र हुन् तर हामीले सुचना दिने भनेपछी पत्रकार मात्र बुझेका छौं ।’ ‘संघियतामा कसरी जाने भन्नेकुरा छलफलको विषय छ, संघीयता अधिकारको हस्तान्तरण हो सम्बन्ध विच्छेद हैन’ उनले भने, ‘अधिकारको हस्तन्तरण गर्दै राष्ट्रको हितमा काम गर्नु संघियता हो, यसले समस्या ल्याउँदैन ।’ प्रहरी संगठनका हरेको दिमाग सरुवा र बढुवामा मात्र गएको उनले बताए । ‘हरेकको दिमाग सरुवा र बढुवामा मात्र गएकाले समस्या पैदा भएको रहेछ’ उनले भने, ‘प्रहरी एकेडेमीले तालिम गराउने बाहेक अनुसन्धानको काम पनि गर्नुपर्छ, अनुसन्धानको कार्यशाला सञ्चालन गर्नुपर्छ, तालिम मात्र गरेर हुँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending