Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सङ्गीतकार थापाद्वारा पुरस्कारको रकम अनाथको बाल गीतलाई

पोखरा, सङ्गीतकार सुनील थापाले आफूले पाएको पुरस्कारको सम्पूर्ण रकम अनाथ बालबालिकाको बाल गीत रेकर्डिङका लागि खर्च गरेका छन् । पोखरेली ब्याण्ड कन्दरामा आबद्ध सङ्गीतकार थापाले पोखरेली युवा सांस्कृतिक परिवारद्वारा २०७१ मा प्रदान गरिएको सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कारबापत प्राप्त ११ हजार १११ रुपैयाँमा केही रकम थपेर पोखराकै लेकसाइडस्थित रेन्बो चिल्ड्रेन होमका पाँच जना बालबालिकाहरुको स्वरमा बाल गीत रेकर्डिङका लागि खर्च गरेका हुन् । बालबालिकाको प्रतिभा विकासका लागि सङ्गीतका माध्यमबाट केही मात्रामा भए पनि सघाउ पुर्याउने उद्देश्यले आफूले सहयोग गरेको थापाले बताए । प्रतिभा भएर पनि रुपैयाँको अभावमा स्रोतामाझ पुग्न नसकेका बालबालिकाहरुलाई यसले पक्कै पनि हौसला प्रदान गर्न सक्छ’, थापाले भने, बालबालिकाकै हातमा त यो देशको साहित्य, सङ्गीत, कलाको भविष्य छ ।’ गीतकार अनुराग अधिकारीको रचना र सङ्गीतकार नारायणी लामिछानेको सङ्गीत रहेको । बिहानै उठेर...’ बोलको बाल गीतमा सङ्गीतकार थापाकै सङ्गीत संयोजन रहेको छ । दर्जनौँ गीत÷गजल रेकर्ड गराइसक्नुभएका अनुराग अधिकारीको बाल गीत भने पहिलो पटक रेकर्ड भएको हो । सो गीत अधिकारीकै म्युजिक कम्पनी अनुपम म्युजिक पोखराको प्रस्तुतीमा स्रोतामाझ आउने पनि बताइएको छ । अनुपम म्युजिकले गत वर्ष सम्पन्न गरेको अनुपम साङ्गीतिक साँझमा पहिलो पटक प्रस्तुत गरिएको सो गीत स्रोताले मन पराएपछि रेकर्डिङको प्रव्रिmयामा अघि बढेको अधिकारीले बताए । रेकर्डेड रुपमा आगामी वैशाख २६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा हुने अनुपम साङ्गीतिक साँझ(२ मा सो गीत सार्वजनिक गरिन पनि गीतकार अधिकारीले जानकारी दिए । रेन्बो चिल्ड्ेन होममा आश्रित कास्कीकी अन्जली नेपाली, कालीकोटकी कल्पना बोगटी, रुकुमकी निरुता वि.क., पाल्पाकी आशा वि. क. र तनहुँकी अनिता रानभाटको स्वर रहेको सो गीत पोखराकै जेन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE