सबै नेपाली नागरिक दिनमा कम्तिमा ८ घण्टा आफ्नै लागि खट्न सके केहि बर्षभित्रमै देशको विकासमा कायापलट हुनेछ । यसरी बन्ने छ स्मार्ट गाउँ र नगर । सबै स्थानीय तह अथवा ग्रामीण क्षेत्र स्मार्ट गाउँ र नगरमा परिणत भए सिङ्गो देश समृद्ध र सम्पन्न हुनेमा दुईमत छैन् । सबै नेपाली नागरिक परिश्रमी, मेहनती, इमान्दारी र उद्येमी बन्न सके स्वयम् आफै सम्पन्न बन्न सकिन्छ । सबै सम्पन्न बन्नसके सिङ्गो देशै सम्पन्न र समृद्ध बन्नेछ ।८० प्रतिशत भन्दा बढी नेपालीहरू स्थानीय तह अथवा ग्रामीण क्षेत्र मै बसोबास गर्दछन् । त्यसैले, स्थानीय तहमा विकास नभईकन सिङ्गो देश सम्पन्न र समृद्ध हुन्छ भन्ने ठान्नु मुर्खता सावित हुनेछ। पछिल्लो समयमा ग्रामिण क्षेत्रको अवस्था अति नाजुक छ। अव्यवस्थित बसाईसराई, सबैका शहरमुखी सोच र परिश्रम नगरी विलासी जीवनको अपेक्षा आदि कारणहरूले गर्दा ग्रामिण क्षेत्रका खेतबारी सबै बाँझो भएका छन् । यो अवस्थाले निरन्तरता र प्रार्थमिकता पाईरहे कसरी स्मार्ट गाउँ र नगर बनाउँने ? [caption id=\"attachment_143464\" align=\"alignleft\" width=\"300\"] लेखक[/caption] प्रसस्त खाद्यान्न उत्पादन गर्न सकिने प्रयाप्त जमिन हुँदाहुँदै खाद्यान्न उत्पादनमा ह्रास, विदेशबाट खाद्यान्न आयातमा वृद्धि र प्राय: सबै उपभोग्य बस्तुहरू विदेशबाट नै निर्भर हुनुपर्ने वाध्यताले देशको अर्थतन्त्रमा ठूलो असर परेको छ। आयात मात्रै बढ्दै जाने निर्यातमा सून्य अवस्था भयो भने कुन आर्थिक श्रोतले जीवन निर्वाह गर्ने ? गम्भीर प्रश्न यहाँनिर उब्जेको छ । त्यसैले, हिजो स्थानीय तहको निर्वाचन अगाडी अध्यक्ष तथा मेयर पदका उम्मेदवारहरूले जसरि स्मार्ट गाउँ र नगर बनाईदिने आश्वासन जनतालाई बाँडेका थिए, त्यसरी नै त्यसलाई वास्तविकतामा बदल्न अथवा कार्यन्वयन गर्न तपशिलका योजनाहरूलाई प्रतिपादन गर्न सके साच्ची कै स्मार्ट गाउँ र नगर बनाउँन नसकिएला भन्न चाँही सकिन्न ।
प्रतिकृया लेख्नुहोस्: