काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले गत वर्षको गणतन्त्र दिवसका अवसरमा घोषित विभूषणमध्ये मानपदवीबाट विभूषित हुने राष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्व, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिलाई आज सुशोभन गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ‘नेपालरत्न’ पदवी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) लाई प्रदान गरियो । कोइरालाका छोरी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सो पदवी ग्रहण गर्नुभएको थियो । शान्ति प्रक्रियाको थालनी र लोकतान्त्रिक गणतन्त्र स्थापनामा कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गिरएकाे थियाे ।
‘महाउज्ज्वल’ (प्रथम) अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व उपप्रधानमन्त्री शैलजा आचार्य (मरणोपरान्त) र पूर्वमन्त्री भीमबहादुर तामाङ (मरणोपरान्त) लाई प्रदान गरे ।
‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप’ (द्वितीय) बाट पूर्वमन्त्रीहरू माधवप्रसाद घिमिरे, साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व मन्त्रीहरू ऋद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शङ्करप्रसाद कोइराला, छविराज पन्त, टेकबहादुर थापा घर्ती, रामकुमार श्रेष्ठ, उमाकान्त झालाई सुशोभन गरियो ।
यस्तै सर्वाेच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, मनोहरप्रसाद भट्टराई, उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन आयोगका अध्यक्ष काशीराज दाहाल, निर्वाचन आयुक्तहरू दोलखबहादुर गुरुङ, डा अयोधीप्रसाद यादव, ईला शर्मा, पूर्व आयुक्त डा रामभक्त पिबी ठाकुरलाई सोही पदवीबाट सुशोधन गरियो ।
यसैगरी, ‘सुप्रबल जन सेवाश्री’, ‘प्रबल जन सेवाश्री’ (प्रथमदेखि पाँचौँसम्म) का विभिन्न तहबाट पनि विभूषित गरियो । यसरी विभूषित हुनेमा अधिकांश विभिन्न पूर्व सचिव तथा सरकारी निकायका कर्मचारी थिए । सामाजिक क्षेत्रबाट समाजसेवी डा पुष्पा बस्नेत, प्राध्यापक धर्मेन्द्रकुमार कर्ण, प्राध्यापक इन्द्रप्रसाद तिवारी, साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, नेपाल टेलिभिजनका अध्यक्ष नीर शाह, सङ्गीतकार शम्भूजीत बाँस्कोटा, प्राज्ञ रामकृष्ण दुवाल, गीतकार श्याम तमोट, गायिकाहरू हरिदेवी कोइराला, कोमल वली, टीका पुन, साहित्यकार शान्ति चौधरी, श्वामी कृष्णदासजी महाराज, खेलाडी भरतबहादुर विसुराल, पत्रकार आरती चटौत, प्रताप विष्टलगायत थिए । ती मान पदवी गत २०७१ जेठ १५ गते घोषित गरिएका थिए । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो । आज करिब ३०० को सङ्ख्या (अनुपस्थिति मिलान गर्न बाँकी) मा विभूषण गरियो । विभूषणसम्बन्धी व्यवस्थापन र सिफारीसको कार्य गृह मन्त्रालयले गर्दै आएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: