इलाम, कारखानाबाट चिया किसानले उचित मूल्य नपाएपछि आफ्नै लगानीमा हाते ड्रायर खरिद गरी चिया प्रशोधन गर्न थालेका छन् ।
हरियो चियापत्ती सुकाउने ड्रायर खरिद गरेर किसानले सामूहिक रुपमा चिया प्रशोधन गरेर चिया उत्पादन सुरु गरेका हुन् ।
केहीले घाममा सुकाएरसमेत हाते चिया बनाउने गरेका छन् । साँखेजुङ, सूर्याेदय नगरपालिका, बरबोटे, माइपोखरीलगायतका किसानले हाते चिया उत्पादन गर्न सुरु गरेका छन् ।
चिया कारखानाले न्यून मूल्यमा हरियोपत्ती खरिद गर्न थालेपछि १२ देखि १८ जनाको समूह बनाएर किसानले आफै प्रशोधन गर्दै आएका छन् । यसरी उत्पादन गरेको चिया प्रतिकिलो रु २०० सम्ममा बिक्री गर्ने गरेका छन् ।
इलाममा हाल एक दर्जन यस्ता प्रशोधन केन्द्र सञ्चालन गरेका छन् । हाते चिया स्थानीय बजारमा खपत भएपनि मुख्य बजार भने काठमाडाँैं हो । सा“खेजुङका तीन वटा घरेलु प्रशोधन केन्द्रबाट उत्पादन भएको हाते चिया गत वर्ष थोरै परिमाणमा युरोपका विभिन्न मुलुकमा निकासी भएको ‘दाहाल बन्धु’ हाते चिया उद्योगका मोतीराम दाहालले बताए।
यस्ता घरेलु प्रशोधन केन्द्रहरुले दैनिक १०० देखि ५०० किलोसम्म हरियोपत्ती प्रशोधन गर्ने गरेका छन् । अहिले रु ३० देखि रु ४० प्रतिकिलोका दरले हरियो चियापत्तीको मूल्य कारखानाले दिन थालेका छन् ।
आफैले घरेलु हाते चिया उत्पादन गर्दा योभन्दा बढी फाइदा हुने पाथीभरा चिया उत्पादक समूहका नवराज दाहाल बताउनुहुन्छ । हाते चिया उत्पादनमा आकर्षण बढ्दै गएकाले बजार विस्तारका लागि सरकारले सहयोग गर्नुपर्ने किसानको माग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: